छनान वैदेशिक महोत्सव भब्यताकासाथ सम्पन्न


छनान, दक्षिण कोरिया

छनान माइग्रेन्ट सेन्टर (छनान वैदेशिक परामर्श सेवा केन्द्र) द्वारा आयोजित छनान वैदेशिक महोत्सब गत सेप्टेम्बर २४ का दिन छनान स्थित नाम सौल युनिभर्सिटीमा विभिन्न देशका उल्लेखनीय वैदेशिक मजदुरहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

यस महोत्सवमा छनान नगरपालिकाका मेयर , कोरियाका लागि नेपाली राजदुत महामहिम अर्जुनजंग बहादुर सिंह कोरियन तथा विभिन्न देशका अतिथिहरु लगाएत बिदेशी तथा नेपालीहरुको पनि बाक्लो गरिमामय उपस्थिति रहेको थियो।

यस महोत्सवमा उपस्थित नेपाली दाजुभाई दिदीबहिनीहरुले राष्ट्रिय भेष भुषा, नेपालको राष्ट्रिय झण्डा सहित झाँकि (परेड) प्रस्तुत गर्नु भएको थियो।
आफ्नो महत्वपुर्ण उपस्थिति जनाई यस महोत्सवको साथ साथै राष्ट्रको नै शोभा बढाइ दिनुभएकोमा आयोजक संस्थाको तर्फबाट शशी मल्लले प्रत्यक्ष / अप्रत्यक्ष सहयोग पुर्याउने सबैमा धन्यबाद एवम कृतज्ञता ज्ञापन गर्नु भएको छ।

यस महोत्सवमा विभिन्न देशको आ आफनो साँस्कृतिक कार्यक्रम, विभिन्न देशको परिकार , स्वास्थ्य जाँच, स्वदेश फिर्ती बिमा चेक जाँच,
बिबिध परामर्श, बिबिन्न प्रतियोगिता तथा भाग्यशाली चिठ्ठा जस्ता उपयोगीमुलक कार्यक्रम निशुल्क रुपमा समाबेश गरिएको थियो।
सहभागी मध्ये निशुल्क खोलिएको भाग्यशाली चिठ्ठामा पहिलो पुरस्कार ५५” इन्च एल सि डि टेलीभिजन पनि नेपालीको पोल्तामा परेको थियो।
प्रत्येक बर्ष छनान स्थित वैदेशिक मजदुरहरुको हितको निम्ति सेवा केन्द्रले यसरी कार्यक्रम गर्दै आइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...