सपनामा दशैं
दशैंको चहलपहल चलिरहेको थियो । गाउँ घरमा प्रदेशबाट लाहुरेहरु घरमा आइसकेका थिए । नआएकाहरुका आमा बुबाहरु मलिन मुद्रामा देखिन्थे । सबैका घरहरु उज्याला भएका थिए । खेतमा धान पाकेर झुलिरहेको दृश्य देखिन्थ्यो। सबै काम थाती राखेर दशैं मनाउने चटारो चलिरहेको थियो । केटा केटीहरु रमाइलो गर्दै दौडिरहेका थिए । हाम्रो घरमा पनि दशैको चहलपहल चलिरहेको थियो । आमालाई सबै कुराको चाँजोपाँजो मिलाउन हतार हतार थियो। भाइहरु पनि आफ्नै धुनमा थिए । म भने सुतिरहेको थिएँ आमाले छिटो उठ नुहाइधुवाइ गर भन्दै हुनुहुन्थ्यो । म भने अटेरी बनेर सुतिरहेको थिएँ ।
कोठामै घाम छिरे पछि उठें र सरसफाइ गरेँ टीकाको साइत पनि भईसके छ । घरबाट सुरु गरेर धेरै ठाउँमा टीका थाप्नु पर्ने । घरमा दिदी सबैभन्दा जेठी भएकोले आमाले दिदीको निधारमा टीका लागाई दिदै हुनुहुन्थ्यो, गाउँका केटाकेटीहरु टीका लगाउन आइसकेका थिए । दिदीलाई टीका लगाइ दिदै गर्दा कसैले ‘आहाँ कति राम्रो सुहाएको’ भन्दै थिए । कसैले भाग्यमानीको निधारमा टीका धेरै बस्छ भन्दै थिए ।
माहोल रमाइलो थियो । आमाले रातिसम्म नसुतेरै बनाएका परिकारहरु टपरीमा थिए कसैले खादै हल्ला गर्दै थिए । सबैलाई हतार थियो । अब टीका लागाउने पालो मेरो थियो मन सारै खुशी थियो । जब आमाले टीका मेरो निधारमा टास्नै लाग्नु भको थियो । बेस्सरी ढोका ढक् ढक्याएको आवाज आयो, साथमा अप्रिय शब्दहरु पनि । झसङ्ग बिउझिएर हतार हतार ढोका खोले मेनेजर आको रहेछ । काममा जान तिस मिनेट ढिलो भैसकेको रहेछ । उ कराउँदै थियो, म माफी माग्दै थिए । सधै alarm को घण्टी भन्दा तीस मिनेट अघि उठ्ने म आज आवाज नै सुनिन । मनमनै भुन्भुनाउदै काममा गएँ। अनि म जस्तै सपनामा पनि दशै मनाउन नपाएका प्रदेशी दाजुभाइ दिदिबहिनीहरुलाई सम्झिएर चित्त बुझाएँ।
– दक्षिण कोरिया