बिश्वकर्मा समाज कोरियाले छुसकमा बृहत भेला आयोजना गर्ने
बिश्वकर्मा समाज कोरियाले यहि छुसकको अबसर पारेर चियापान कार्यक्रम तथा शुभकामना आदन प्रदान सहित बृहत् भेला आयोजना गर्ने भएको छ ।
कोरियामा कार्यरत रहनु भएका बिश्वकर्मा समुदायका साथिहरुलाइ एक जुट गराउने उदेश्यले उक्त भेला आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
यहि अक्टोबर ४ तारिकका दिन सुवनको पुर्णिामा रेस्टुरेन्टमा हुन लागेको भेलाले आफ्नो कार्यसमितीलाई समेत बिस्तार गर्ने योजना रहेको सन्तोष बिश्वकर्माले जानकारी दिए । साथै कोरियामा रहनुभएका सम्पुर्ण बिश्वकर्मा साथिहरुलाइ दिउसो ठिक १२ बजे पुर्णिामा रेस्टुरेन्ट सुवनमा उपस्थित भइदिनु हुन अपिल समेत गरेका छन् ।
बिगत केही समयदेखि कोरियामा कृयाशिल रहेको बिश्वकर्मा समाजले विभिन्न सामाजिक काम गर्दै आफुलाइ स्थापित गर्दै गैरहेको छ।