नेपकोर साँझका लागि आइपुग्यो कोरिया रबिन एन्ड द रेभोलुसन र मन्त्र ब्याड
नेपालको चर्चित रक ब्यान्ड रबिन एन्ड द न्यु रेभोलुसन र दार्जिलिङको मन्त्र ब्यान्ड मंगलबार हुने नेपकोर साँझको लाागि कोरिया आइपुगेको छ । ‘सबै कलाकार आइपुग्नु भयो । यो संगै सबै कार्यक्रमको तयारी पनि लगभग सकियो । अब मंगलबार रमाइलो गर्नु पर्छ । कोरियामा रहनु हुने सबैलाई निम्तो ।’ कलाकारहरुलाई इन्छनमा स्वागत गरे पछि आयोजक संस्था नेपकोरका प्रवन्ध निर्देशक प्रदिप गुरुङले भने ।
गत बर्ष नेपथ्यले कार्यक्रम गरेकै केविएस एरिना हलमा सांगितीक साँझ हुनेछ । यो हल मंगलबार तीन बजेबाट खुल्ने आयोजकले जानकारि दिएका छन् । करिव चार हजार दर्शक क्षमता भएको हलमा राम्रो साउन्ड सिस्टम छ । भीआइपी र सामान्य गरि दुई प्रकारको टिकट हुने आयोजकले बताएको छ । सामान्य टिकटको मुल्य ३० हजार वन छ भने भिआइपी टिकटको लागि ५० हजार वन लाग्नेछ । कार्यक्रम स्थलमै पनि टिकट पाइने छ ।
यातायतको लागि पाँच नम्बर लाईनको ट्रैनबाट वाल्सन स्टेसनको पाँच नम्बर गेटबाट पाँच मिनेट हिडेर पुग्न सकिने र तोङदेमुनबाट वसको व्यवस्था पनि भएको आयोजकले जानकारी गराएका छन् ।