कास्की परीवार काेरियाले यहि अक्टाेबर ४ तारिख अायाेजना गर्न गइ रहेकाे नेपथ्य लाइभ कन्सर्टकाे तयारी ब्यापक र भब्य रुपमा पुरा भएको जनाएको छ ।
कास्की जिल्लामा बिशेष गरी बिपन्न बर्गमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ कोरियामा माछापुच्छ्रे सागीतिक सौगात भाग -३ मार्फत साँस्कृतिक कार्यक्रम संचालन गर्नको लागी बिभिन्न उप समिति बनाएर हल,टिकट,प्रचारप्रसार लगाएतका तयारीमा जुटेको थियो । कार्यकम तयारी लगाएत भब्य सफल पार्न केहि कसर बाकि नराखी अझ शसक्त रुपमा लागिरहेको कार्यकम सयोजक खोम गुरुङले बताएका छन ।
कन्सर्ट हलमा जान ५ नम्बर लाइनको माचन जाने ट्रेन हुदै ओलम्पिक पार्क ३ नम्बर गेट मा झरेर सहजै लोकेसन निर्देशनका आधारमा पुग्न सकिनेछ । निर्धारित समय अनुसार ३ बजे नै नेपथ्यबाट सागीतिक कन्सर्ट सुरु हुने हुदा अगाबै प्रवेश गरी सुरक्षितरूपमा कन्सर्टको लागि ढुक्क हुन पनि अायाेजकले अनुराेध गरेकाछन्।
४ गते हुने सो कन्सर्टका लागी नेपालबाट नेपथ्य ब्याण्ड ३ गते बिहान कोरिया छिर्ने जानकारी प्राप्त भै सकेको जनाईएको छ ।
नेपथ्य कन्सर्टको बिशेष आकर्षण अन्तर्गत सौलको रमणीय ओलम्पिक पार्कमा अवस्थित अत्याधुनिक साउण्ड सिस्टम र अधिक सिट क्षमता रहेको अन्तर्राष्ट्रिय स्तरको सुबिधा सम्पन्न हल, सदाबहार चर्चित नेपथ्य ब्याण्डको २५ औ बार्षिकोत्सवको यात्राको अवसरमा यस पाली पृथक बिशेष प्रस्तुतिहरु ,नेपाल देश प्रेम र एकताको संदेशहरु रहेका छन् l साथमा कोरियामा हाल सागितिक भ्रमणमा रहेका नेपालका चर्चित StrukPoP को टोलीको पनि बिशेष नृत्य पप् प्रस्तुतिहरु रहनेछन ।
त्यस्तै गरी कार्य शिलशिलामा नेपाली रास्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ पनि दक्षिण कोरिया आउने र सो कन्सर्टमा सम्मान गरिने जानकारी पनि रहेको बताइएको छ ।
बिभिन्न संघ सस्था तथा महानुभावहरुलाई निमन्त्रणा गरिसकिएको र कारणबस सुचना छुट भएमा यसै समाचारलाई आधार मानेर उपस्थिति जनाईदिनुहुन सम्पूर्ण कोरियाबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अध्यक्ष दिल जलारी पासाले गरिमामय उपस्थितिको लागी बिशेष अनुरोध गरेकाछन् ।
आवस्यक सम्पर्क :- खोम गुरुङ :-०१०- २५११-११२४ नबिन गुरुङ -०१०-९४७१-४४५७ सुरज गुरुङ -०१०-८३८२-४३४३ कृष्ण पुरी – ०१०-९७५७-३३५१ दिल जलारी “पासा” 010-6463-6080हरिशङ्कर भण्डारी – 01064426132गोबिन्द बराल – 01032897712बलराम भण्डारी -01021748543अमृत शिवभक्ती – 01059240602राज गोपाल सापकोटा – 01021920859 सुजन अधिकारी – 01021753410