सुपादेउराली सांगीतिक साैगात भाग १ काे सम्पुर्ण तयारी पुरा
कोरियाको महान चाड छुसकको अवसर पारेर कोरियामा रहेकाे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले सौलमा अक्टुबर ५ तारिख अायाेजना गरेकाे सुपादेउराली सांगीतिक सौगात भाग १ काे सम्पुर्ण तयारी पुरा भएकाे जनाएकाे छ ।
लुम्बिनीको गौरब अर्घाखाँचीको सान लुम्बिनी घर स्थापनार्थ हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गर्न लागेको सांगीतिक साँझ सुपादेउराली सांगीतिक सौगातका लागि नेपाल आइडलमा अत्याधिक दर्शकले रुचाएका र टप ४ सम्म पुग्न सफल बहुप्रतिभाशाली गायक सागर आले काेरिया अाइ सकेका छन् भने अर्का प्रतियोगि सुरज थापा लगाएतका कलाकारहरू भाेली अक्टुबर ४ तारिख बिहान कोरिया आउने भएका छन् ।
कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी संस्थाका अध्यक्ष दिनामणी पाैडेलले बताएका छन्।अक्टोबर ५ तारिख सौलमा हुन लागेको उक्त सांगीतिक कार्यक्रममा सागर र सुरजका साथमा लोकगायक रामजी खाँड, लोकगायिका सम्झना लामिछाने मगर, हाँस्य कलाकार दिनेश काफ्ले, चर्चित डान्सर रश्मी तामाङका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रमलाई सफल पार्न कोरियामा रहेका सम्पुर्ण आदरणिय नेपाली दाजु भाई तथा दिदी बहिनिहरुलाई, उक्त कार्यक्रममा उपस्थित भई मनोरन्जन लिनका लागि बिशेष अनुरोध समेत मन्चले गरेको छ ।
कार्यक्रम जाेङनाे अाेगामा रहेकाे फेक जु गिन्यम ग्वानकाे हलमा दिनकाे ठीक १२ बजे देखि सुरू हुने अायाेजकले जनाएका छन्।
हलमा जाने तरिका लाइन नं १ जाेङनाे अाेगा ,गेट नं २ बाट ५ मीनेट पैदल।दाेङदेमुन बाट पेदल १५ मीनेट।