स्याङ्जा भिरकोट आर्थर तमु समाज कोरियाको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः नर कुमार गुरुङ सर्वसम्मत
स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाको प्रथम साधारणसभा अक्टोबर ४ तारिखमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । दोङ्देमुनमा रहेको समाजकै आवासगृह भिरकोट आर्थर धीँमा भएको साधारणसभाबाट नर कुमार गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गदै साधारणसभा सम्पन्न भएको हो ।
समाजको अध्यक्ष नर कुमार गुरुङ्को अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथ्यमा समाजकै सल्लहकार बिपना गुरुङ् र अतिथीहरुमा सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ रहनुभएको थियो । समाजका सदस्यहरुको बाक्लो उपस्तिथी रहेको कार्यक्रममा कार्यबाहक सचिब एबम संस्थापक सहसचिब सुशील गुरुङले समाजको प्रगति प्रतिवेदन प्रस्तुत गरेको थियो भने समाजका संस्थापक कोषाध्यक्ष देबेन्द्र गुरुङ्ले आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सल्लाहकार बिपना गुरुङ्ले पहिलो कार्यसमितिले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरी प्रथम साधारण सभा गर्न सफल भएकोमा अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई दिदै प्रथम साधारण सभाबाट आगामी २ वर्षको लागि निर्वाचित नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए। समाजका संस्थापक परिकल्पनाकार लेसन गुरुङको स्वागत मन्तब्यबाट सुरु भएको पहिलो चरणको कार्यक्रम अध्यक्ष नर कुमार गुरुङ्ले पहिलो कार्यसमिति बिघटनको घोषणासंगै समापन भएको थियो । कार्यक्रमको सञ्चालन संस्थापक सहसचिब सुशिल गुरुङ्ले गरेको थियो ।
दोस्रो चरणको कार्यक्रममा समाजका सल्लाहकार भावना गुरुङ्को संयोजकत्वमा ४ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । जसमा सदस्यहरुमा सल्लाहकारहरु अमन गुरुङ , सतिश गुरुङ, सदस्य खुसी गुरुङ रहेको थियो । सोही निर्वाचन मण्डलले आगामी २ वर्षको लागि नयाँ कार्यसमिति गठन भएको घोषणा थियो । दोस्रो चरणको कार्यक्रम सञ्चालन सतिश गुरुङ्ले गरेको थियो ।
नयाँ कार्यसमिति र सल्लाहकार समितिको नामावली :-
सल्लाहकार समिति
प्रमुख सल्लाहकार – भावना गुरुङ
सदस्यहरु
अमन गुरुङ
बिपना गुरुङ
धीरज गुरुङ
सतिस गुरुङ
शान्त गुरुङ
पूर्ण गुरुङ
नवनिर्वाचित कार्यसमितिहरु :-
अध्यक्ष :- नर कुमार गुरुङ
बरिष्ठ उपाध्यक्ष :- लेसन गुरुङ
उपाध्यक्ष :- देवेन्द्र गुरुङ
उपाध्यक्ष :- माया गुरुङ
सचिब :- सुशिल गुरुङ
सहसचिब :- वाइ. बि. गुरुङ
कोषाध्यक्ष :- दिब्या गुरुङ
सहकोषाध्यक्ष :- बिजय गुरुङ
आमन्त्रित सदस्य :- जगत राना
सदस्यहरु :-
दिलिप गुरुङ
मनोज गुरुङ
कोष गुरुङ
ज्ञान गुरुङ
भुवन गुरुङ
भक्त गुरुङ
यमुना गुरुङ
बिनु गुरुङ
ज्ञानु गुरुङ
मोना गुरुङ
बसन्त गुरुङ