वाम एकता युगको आवश्यक्ता–किराती
एमाले, माओवादी केन्द्र र नयाँशक्तिबीचको वाम गठबन्धन समयको माग रहेको नयाँशक्तिका युवानेता मिलनकान्छा किरातीले बत्ताएका छन । नयाँशक्ति पार्टीनिकट अन्राष्ट्रिय नेपाली समाज कोरियाद्धारा आयोजित बडादशै, शुभदिपावली, नयाँनेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम तथा वृहत भेलालाई सम्वोधन गर्दै उनले वाम एकता युगको आवश्यक्ता रहेकोले वाम गठबन्धन चुनावी तालमेल, वृहत ध्रुवीकरण र एकताको खबरले कोही पनि तरङ्गित हुन जरुरी नरहेको धारणा राखेका हुन ।
पार्टीका केन्द्रीय साँस्कृतिक विभाग सदस्यसमेत रहेका उनले मुलुकमा सामाजिक समानता र समृद्धिको द्रुतत्तर गति पैदा गर्न मूख्यात दुईपार्टी वाम र प्रजातान्त्रिक निर्माण हुनुपर्ने र एकले अर्कालाई शिष्ट र सम्मानित व्यावहार गर्नुपर्ने औल्याए ।
उक्त कार्यक्रममा सङ्घीय परिषद सदस्य हेमन्त पुन, समाजका सल्लाहकार सदस्य सीपी ओली, सरोज ढकाल, सुरेन्द्र बजगाई, नारायणी घर्ती मगरलगायतले शुभकामना मन्तव्यसहित आ–आफ्नो धारण राखेका थिए । समाजका महासचिव पिटरकुमार श्रेष्ठद्धारा सञ्चालित उक्त कार्यक्रमका सभापतित्व समाजका वर्तमान अध्यक्ष रमेश उप्रेतीले गरेका थिए ।