थारु कल्याणकारी दक्षिण कोरियाको अध्यक्षमा शिब चौधरी
गत शुक्रबार थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट अध्यक्षमा शिव चौधरी चुनिएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा शिव शंकर महतो थारु, उपाध्यक्ष प्रेम कुमार चौधरी र सुरेश कुमार चौधरी छानिएका छन् ।
कार्यसमितिका अन्य पदाधिकारीमा सचिब नेत्र बहादुर चौधरी, सहसचिव विनोद चौधरी, कोषाध्यक्ष श्रृता माझी रहेका छन् । सदस्यहरुमा भुपेन्द्र थनेत थारु, विपिन चौधरी, राजु चौधरी, विनोद चौधरी, युवराज चौधरी, लिला महतो थारु, हिरा चौधरी, मनकामना चौधरी, राजिव चौधरी र जङ्ग ब. थारु रहेका छन् ।
कार्यक्रममा आदिवासी जनजाती महासघका अध्यक्ष चित्र मोक्तानले विदेशमा पनि यसरी आफ्नो पहिचानका लागि संगठीत हुनु राम्रो भएको बताए । एनआरएन दक्षिण कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङले नयाँ नेतृत्वलाई कार्यकालको शुभकमना दिदै बिदेशमा आइपर्ने समस्यालाई केही हदसम्म भए पनि यस्ता संगठनले सहयोग पुग्ने धाराणा राखिन् । त्यस्तै एनसीसी दक्षिण कोरियाका अध्यक्ष अन्जु केसीले सबै मिलेर विदेशमा भएका समस्यालाई समाधान गर्नु पर्ने उल्लेख गरिन् ।