मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मान
मगर संघ दक्षिण कोरियाद्धारा सागर आलेलगाएतका कलाकारलाई सम्मानित गरेको छ । कार्यक्रममा गायिका देबी घर्ती, ज्योति मगर, सम्झना लामिछाने, दिनेश काफ्ले र बेलायतमा रहेका नेपालीमाझ भएको युके गट ट्यालेन्ट तथा युनिभर्सिटी डान्स कम्पिटेसन उपाधी बिजेता सबिता राणामगर र पबित्रा थापामगरलाई पनि नेपाल मगर संघ दक्षिण कोरियाले स्वागत तथा सम्मान गरेको हो ।
संघको तर्फबाट संरक्षक अप्त पुनमगर र अध्यक्ष खड्ग थापामगरले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमा दक्षिण कोरियामा रहेका सागर आलेमगरका शुभचिन्तकहरुबाट स्वत स्फुर्त रुपमा संकलित रकम सात लाख बाह्र हजार नगद पनि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमा बोल्दै अध्यक्ष खड्ग थापामगरले सागरको गला र कलाको प्रसंसक संसार भरिकै नेपाली भएको धारणा ब्यक्त गरे । सागर नेपाल आदिवासी जनजाती बुसान साखाको दिपावली साझ र अर्घाखाँची सम्पर्क मञचद्वारा आयोजित सुपादेउराली सांगीतिक सौगातमा भाग लिन आएका थिए ।