Advertisement
SKIP THIS

तामाङ सोसाईटी अफ अमेरिकाद्वारा बधाई तथा शुभकामना


तामाङ सोसाईटी अफ अमेरिकाले आफ्ना दुई सदस्यलाई बधाई ज्ञापन गर्दै शुभकामना दिएको छ । सोसाईटीका सल्लाहकार बि आर (बाबु राम) लामा र निवर्तमान महासचिव पवन योञ्जनलाई गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका महासचिव र सह-कोषाध्यक्षमा निर्वाचित भएकोमा खुशी एवं गौरव महसुस गर्दै बधाई ज्ञापन तथा उनीहरुका कार्यकाल पुर्ण सफल्ताको लागि शुभकामना दिएको हो ।

गत शनिबार न्युयोर्कको ज्याक्सन हाईटमा सोसाईटीले उक्त बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो । सोसाईटीका महासचिव अमर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाती महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबा, तामाङ सोसाईटी अफ अमेरिकाका पुर्वअध्यक्षहरु राम तामाङ, ईन्द्र तामाङ, भरत लामा, पुर्वमहासचिवहरु लक्यान लामा, बुध्दिमान तामाङ लगायत बर्तमान पदाधिकारीहरु र सदस्यहरुले सँघका महासचिव बि आर लामा र सह-कोषाध्यक्ष पवन योन्जनलाई खादा लगाउँदै बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा सोसाईटीका सह-कोषाध्यक्ष सानु कुमारी लामाले स्वागत मन्तब्य राख्दै स्वागत गरेकी थिईन् ।

सोसाईटीका सचिव छिरिङ योन्जनले सँचालन गरेको उक्त कार्यक्रममा गैह्र आवासिय नेपाली सँघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको महासचिव बि आर लामाले सोसाईटीबाट आफूले हासिल गरेका नेतृत्व बिकासका अनुभवहरु सँघमा सदुपयोग गर्ने बताए । सँघको नवनिर्वाचित महासचिवको हैसियतमा काम गरेर देखाउँने प्रतिबध्दता ब्यक्त गर्दै सोसाईटीको सहयोगले आफूलाइ काम गर्न हौसला बढाएको बताए । यसै गरी सह-कोषाध्यक्ष पवन योन्जनले अव तामाङ युवा नेतृत्वको लागि ढोका खुलेको र थुप्रै तामाङ युवाहरु नेतृत्व विकासको क्रममा रहेको खुलाए । तामाङ युवाहरुको नेतृत्व विकासको लागि सोसाईटीको भूमिका रहेको उनले बताए ।

जातिय विविधता र त्यससँग जोडिएको मौलिक सँस्कार, सँस्कृती, भाषा, भेषभुषा नेपालको सम्पती भएको उल्लेख गर्दै नेपाल आदिवासी तथा जनजाति महासँघ अमेरिकाका अध्यक्ष लुईसाङ वाईबाले नेतृत्व पङ्तीमा पुगेकाहरुले विशेष गरी आफ्नो मौलिक पहिचानमा गौरब गर्नु पर्ने एवं भावी पिडीको लागि बाटो देखाउँनु पर्ने कुरामा जोड दिए ।

तामाङ सोसाईटी अफ अमेरिकालाई अगाडी बढाउँन बि आर लामा र पवन योन्जनको योगदानको स्मरण गर्दै सोसाईटीका पुर्वअध्यक्ष राम तामाङले दुबै जनालाई सँघको कार्य अवधीमा निडर र पारदर्शी भएर जिम्मेवारी निभाउन सुझाए । यसै गरी पुर्वअध्यक्ष ईन्द्र तामाङले गैह्र अवासिय नेपाली सँघ अमेरिकाको महत्वपुर्ण पदमा दुई तामाङ पुग्दा भएको खुशी र गौरवलाई कायम राख्न सबैले सहयोग गर्नु पर्ने धारणा राखे । कुनै पनि ठाउँमा अवसर पाउँदा सक्षम तामाङहरुको कमी नरहेको भन्दै सोसाईटीका पुर्वअध्यक्ष भरत लामाले आफ्नो मन्तब्यमा गैह्र आवासिय नेपाली सँघको अन्तराष्ट्रिय समन्वय परिषदको नेतृत्व पङ्तीमा जानलाई पनि तामाङहरु सक्षम रहेको बताए ।

कार्यक्रमका सभापति अमर तामाङले हिजोको राज्यसत्ताबाट प्रडापित तामाङ पुर्खाहरुले पहिचान लुकाउँनु परेको बाध्यता आफ्नो बुबाबाट सुनेको स्मरण गर्दै गैह्र अवासिय नेपाली सँघ अमेरिकामा निर्वाचित सोसाईटीका दुई महत्वपुर्ण सदस्यहरु तामाङ समुदायको लागि रोल मोडेल हुने बिचार राखे । कार्यक्रमलाई सफल बनाउँन सहयोग पुराउँने सबैलाई धन्यवाद ज्ञापन गर्दै बधाई तथा शुभकामना कार्यक्रम बिसर्जन भएको घोषणा उनले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...