Advertisement
SKIP THIS

सुपादेउराली सांगीतिक साैगात भाग १ भब्य रूपमा सम्पन्न,अायाेजक द्वारा धन्यबाद ज्ञापन।


सुपादेउरालि सांगितिक साैगात भाग एक भब्य रूपमा सम्पन्न भएकाे छ।अर्घाखाँची सम्पर्क मञ्च काेरियाद्वारा अक्टुबर ५ तारिख साैलकाे जाेङनाे अाे गाा स्थित फेक जु गिन्यम ग्वानकाे हलमा उक्त सांस्कृतिक कार्यक्रम अायाेजना गरिएकाे थियाे।

काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंहलाइ  प्रमुख अातिथिका रूपमा अामन्त्रण गरिएकाे थियाे।महामहिम राजदुतले पानसमा बत्ती बालेर उक्त कार्यक्रमकाे उद्धाटन गरेका थिए।अन्य बिशेष अतिथिहरूमा एन अार एन काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसि,नेपाल अादिबासी जनजाति महासंघका अध्यक्ष चित्र माेक्तान,नेपाल पत्रकार महासंघ काेरिया शाखाका अध्यक्ष खेम कार्की लगाएतका रहेका  थिए।

अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्ष दिनामनि पाैडेलकाे सभापतित्वमा पहिलाे चरणकाे उद्घाटन कार्यक्रम समापन पश्चात नेपाल देखि अाएका राष्ट्रिय हास्य कलाकार दिनेश काफ्लेले बिभिन्न किसिमका क्यारिकेचर,ब्यङग गर्दै राेमान्चक तरिकाले  दाेस्राे चरणकाे रमाइलाे सांगीतिक कार्यक्रम संचालन गरेका थिए।

सांगीतिक कार्यक्रमकाे सुरूमा केही स्थानिय  कलाकारहरूले  अाकर्षक नृत्य प्रस्तुत गरेका थिए ।त्यस्तै बेलायतबाट अाएका पबित्रा र सबिता  रानाकाे काैडा नृत्यले वान्स माेर नै पाएकाे थियाे। नेपाल देखि अाएका चर्चित लाेक दाेहाेरी गायीका सम्झना लामिछानेले अाफ्ना हित गीतहरूले दर्शकहरूलार्इ भरपुर मनाेरञ्जन दिए।त्यस्तै रश्मी तामाङकाे नृत्यले पनि दर्शककाे मनै लाेभ्यायाे।नेपाल अाइडलका टप ६ मा परेका कलाकार सुरज थापाले  – हे, बरै…बाबाले साेध्लान नी खै छाेरा भन्लान….भन्ने गीत बाट सुरे गरेका  थिए।प्रदेशीका मन त्यसै भक्कानीयाे । भावुक बनेका दर्शकहरूले वान्स माेर भने , साेही गीत सुरजले फेरी गाए। त्यस पछि अन्य र नेपाल अाइडलमा गाएका गीतहरू गाए।दर्शकहरूले साथ दिर्इ रहे, नाचिरहे,वान्स माेर भन्दै कर्णप्रिय स्वरमा रमाइरहे।

 

त्यस पछि कालाे चस्मा लगाएर चर्चित लाेक गायक रामजी खांड स्टेजमा अाए। झिम झिम गर्ने परेलीमा ,बनैमा फूल बसायाे,फूल फूलेर पयालै भयाे लगायतका  हित गीतहरूले दर्शकहरूलार्इ बेस्सरी नचाए रामजी खांडले। त्यस पछि नेपाल अाइडलका टप ४ मा परेका सागर अाले  जब स्टेजमा अाए दर्शकहरूले सागर अाले भन्दै हुटिङ गरे।अालेले हंगामा भयाे,,, भन्ने गीतबाट सुरू गरे।लाेक,पप,फास्ट  बिटका गीतहरू अाधा दर्जन बढि गीतहरू गाए।सागरका गीतमा दर्शकहरू पुरै झुमे। सालैजाे गीतमा त दर्शकहरूले नाच्दा नाच्दै स्टेजनै कभर गर्न पुगे। दर्शक समाल्न अायाेजकलार्इ हम्मे हम्मे नै पर्याे।

सुपादेउराली सांगितिक कार्यक्रम सफल पार्न अहाेरात्र खटिने मञ्चका पदाधिकारी सदस्यहरू,प्रत्यक्ष अप्रत्यक्ष अार्थिक भाैतिक नैतिक रूपमा सहयाेग गर्ने सम्पुर्ण संघ संस्थाका प्रमुख, प्रतिनिधि ,व्यवसाहि तथा स्थानिय राष्टृिय कलाकारहरू सबैमा मञ्चकाे तर्फबाट अध्यक्ष दिनामणि पाैडेलले विशेष धन्यबाद ज्ञापन गरेका छन्।

फाेटाे: देबु बुढाथाेकी

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...