सागर आलेलाई कोरियामा लाखौ नगद , पियानो र सुन उपहार
फोनिज कोरिया संवाददाता
सोल
नेपाल आइडलका टप फोर गयक सागर आलेलाई कोरिया बासी नेपालीहरुले लाखौ नगददेखि पियानो र सुनको औठी समेत उपहार प्रदान गरेका छन् । मगर संघ कोरियाबाट आयोजित कार्यक्रममा रु. ७ लाख १२ हजार र पियानो उपहार प्रदान गरिएको थियो । त्यस्तै गजेदोका मगर कमिटी र लुम्बिनी रेष्टुरेन्ट लगायत विभिन्न संघ संस्था र व्यक्तिबाट नगद प्रदान गरिएको थियो । त्यस्तै फयानहरुबाट सागरले सुनको औठी समेत जिन्सी उपहार पाएका थिए ।
कोरियन पर्व छुसकको अवसरमा आदिवासी जनजाति महासंघ द.कोरिया बुसान शाखाको निमन्त्रणामा सांगीतिक कार्यक्रम “दिवापली साँझ ” को लागि सागर आले कोरिया आएका थिए । कार्यक्रममा दर्जन बडी गीत गाउदा पनि वान्स मोरको स्वर गुञ्जिरहेका थिए । बुसानमा सागरसंग स्टेजमा फोटो खिच्न दर्शकलाई एक घण्टा समय दिदा पनि अपुग भएपछि बाध्य भएर बन्द गर्नु परेको आयोजकले बताए ।
त्यस्तै सउलमा अर्घाखाँची सम्पर्क मञ्चले आयोजना गरेको “सुपादेउराली सांगीतिक सौगात भाग १” मा पनि सागरलाई दर्शकको अपार माया मिलेको थियो । सागरको गायकीको तृष्णा मेटाउन नसकेका दर्शकहरु पटक पटक वान्स मोर दोहोराइरहेका थिए । स्टेजको अग्रभागमा झुम्मिने सयौ दर्शक मात्र हैन हलको कुना कुनाबाट रमाउने दर्शकको कमी थिएन ।
नेपाल आइडलबाट बाहिरीएपछि पहिलो विदेश कोरिया आइपुगेका सागर विवादीद समाचारका शिकार पनि बनेका थिए । कोरियाबाट संचालित एक अनलाईन मिडियाले सागरले एपी टेलिभिजनलाई जाबो भन्यो भन्दै समाचार प्रकाशित भएपछि फयानहरुले सो समाचारको विरुद्धमा तिब्र आक्रोश पोखेका थिए । पछि सो समाचार हटाइएको थियो । यस विवादीत समाचार प्रति सागरले फोनिज कोरिया संवाददातासंग कुरा गर्दै भने सो समाचार लेख्ने पत्रकार म सम्म आइपुगेकै छैन, मैले कसरी त्यस्तो कुरा बोले होला त ?
कार्यक्रम आयोजक अर्घाखाँचीले भने सोही समाचारप्रति आपत्ति जनाउदै प्रेस विज्ञप्ती निकालेका छन् ।
छुसकको अवसरमा कोरियामा गरिएको सांगीतिक कार्यक्रममा नेपाल आइडलका गायक सुरज थापा र गायिका प्रमिला राई पनि आएका थिए । प्रमिला चाडै फर्केका थिए भने सुरजलाई पनि केही संघसंस्थाहरुले दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै कास्किी परिवारको निमन्त्रणमा नेपथ्य र नेप्कोरको आमन्त्रणमा रविन एण्ड लुजा र मन्त्र ब्यण्डले पनि कोरियाका दर्शकलाई रक टेष्ट दिएका थिए ।