जातीबादबारे छरिएको भ्रम
एकल जातीय देशमा जातीबाद शून्य हुन्छ तर बहुजाती देशमा आफ्नो जातलाई अथवा आफ्नो जातको सिद्धान्तलाई मात्र सर्बोच मान्ने सिद्धान्तलाई जातिबाद मानिन्छ ।
यो प्रथा प्राचीन कालदेखी भारत हुदै नेपाल प्रवेश गरेको पाइन्छ र हिन्दु धर्मसङ्ग ब्यबहारिक रुपमा जोडिएको पाइन्छ । यस्को उत्पत्ति र अस्तित्व नेपाल र भारतमा सामान्य मानिन्छ । जाती प्रथा धेरै हदसम्म पश्चिमी आवरण जस्तो देखिन्छ जहाँ मानिसलाइ जन्मको आधारमा गरिन्छ । जस्तै, सो ब्यक्तिको सामाजिक स्तर र उसको जातको आधारमा परिभाषित गरिन्छ । मानिस जन्मेसँगै निश्चित हुन्छ उ छुत हो कि अछुत हो भनेर यो आफैमा लाज मर्दों कुरा हो किनकी हाम्रो समाज २१ औ शताब्दीको आधुनिक रफ्तारमा चलिरहेको छ ।
मानव समाज वैज्ञानिक दृष्टिकोणले धेरै अघि बढीसकेको छ । मानिसहरुले मङ्गल ग्रहमा जाने आउने र समुन्द्र मुनी घर बनाउनेसम्म पुगिसकेको मानव समाजभित्र हाम्रो नेपाली समाज अझै पनी भेदभाव पुर्ण जातिप्रथा जस्तो प्राचीन ब्यबस्थामा बिश्वास गर्छ । यो भन्दा लाजमर्दो कुरा अरु के हुन सक्छ ?
हाम्रो देश नेपालमा पृथ्वी नारायण शाहले ४ जात ३६ वर्णको फुलबारी हो भनेका थिए तर चार जात छत्तीस बर्णमा को को परे त ?
ृ१.क्षेत्री २. ब्राह्मण ३. वैश्य ४. शुद्र
क्षेत्री भनेको आर्य खस क्षेत्री, ब्राह्मण भनेको बाहुन, वैश्य भनेको हिन्दु धर्मको जातिय ब्याबस्था अनुसार वर्णाश्रमको तेस्रो महत्वपूर्ण अङ्ग मानिन्छ । यो बर्गमा किसान, पशुपालक र ब्यापारीलाइ मानिन्छ । शुद्र हिन्दु जातिय ब्याबस्था अनुसार दलितलाइ शुद्र मानिन्छ । ३६ वर्ण माथी उल्लेखित ४ जात भित्रका बर्णहरुलाई मानिन्छ ।
पृथ्वीनारायण शाहले हिन्दु जातिय ब्यबस्था अनुसार भनेको चार जात छत्तीस वर्ण प्रमाण सहित हेर्ने हो भने नेपालका गैरहिन्दू र आदिबासी जनजाति लगायत अन्यजातिहरु जातिबादी सिद्धान्तको चरम शोषण र भेदभावमा परेको स्पष्ट देखिन्छ ।
हाल दक्षिण कोरिया