बंगलादेशमा नेपाली महिलाको रहस्यमय मृत्यु


भीमज्वाला राई

काठमाडौं – बंगलादेशी नागरिकसँग बिहे गरेर गएकी एक नेपाली चेलीको शुक्रबार रहस्यमय मृत्यु भएको छ | बंगलादेशको ढाका निवासी मिलन डि प्युरिफिकेशनसँग गत पुसमा विवाह गरेकी सर्लाहीको लालबन्दीकी कमलाकुमारी विकले बुधबारमात्रै माइती घर आउने खबर सुनाएकी थिइन् ।

 

बहिनीको नेपाल आउन लागेको खबर सुनेर खुसी भएका उनका दाजु दुई दिनमै शोकमा डुब्न पुगे । शुक्रबार साँझ बहिनीको मृत्यूको खबर सुन्नुपरेपछि विक परिवारमा रुवाबासी भएको छ । पत्नी कमलालाई बंगलादेशस्थित घरमा आमाबाबुसँग राखेर मिलन गत चैतमा बैदेशिक रोजगारीका लागि कुवेत गएका थिए । मिलनले जीवनसंगिनीले आत्महत्या गरेको खबर फेसबुकबाट गरेको कमलाका दाजु भुवन कालिकोटेले बताए ।

 

‘बहिनीले मसँग कुरा हुँदा नेपाल आउन चाहेपनि पतिले पासपोर्ट लुकाइदिएर समस्यामा परेको बताएकी थिइन्’, भुवनले भने, ‘बहिनीलाई उनका सासु ससुरा र देवरले मानसिक यातना दिने गरेका रहेछन् । बहिनीले आउने भनेपछि मैले एकहप्ताभित्र ल्याउँछु भनेको दुई दिन नबित्दै उनले संसार छोडेको खबर सुन्नु प-यो ।’

 

आफ्नी बहिनीले आत्महत्या नगरेको बताउँदै उनले परिवारको मिलेमतोमा हत्या गरिएकाले न्यायलागि आग्रह गर्ने बताए । भुवनका अनुसार सुरुमा कमलाकुमारी दुर्घटनामा परेकाले बताउँदै अस्पताल भर्ना भएको बताएका मिलनले त्यसपछि आत्महत्या गरेको भनेर कुरा फेरेका थिए ।

 

‘घटनाबारे बंगलादेशको ढाकास्थित कालीगञ्ज नगरी रोडमा रहेको बहिनीको परिवारका कसैले कुरा गर्न चाहिरहेका छैनन्’, उनले भने, ‘हामीले दाहसंस्कार नगर्नुस्, आउँछौं भन्दा भन्दै जवरजस्ती दाहसंस्कार गरिएको छ ।’

 

मिलनका आफन्तले धम्कीपूर्ण भाषामा के गर्न सक्छस गर भनेकाले घटनाबारे झन शंका बढेको भुवनले बताए । आफूहरुलाई बहिनीको शवको फोटो समेत नदेखाएको उनले बताए । घटनाको दश दिन बितिसक्दा पनि मृत्युको खबर सुनेका भुवनका परिवारले अन्य केही सूचना पाएका छैनन् । मृत्युको भोलिपल्टै शनिबार कुवेतबाट बंगलादेश फर्किएका मिलनले भुवनका परिवारको फोन उठाएका छैनन् ।

 

बहिनीको अवस्था बुझ्न तथा न्या खोज्दै भुवन र दिदी रमिला कालीकोटे आठ दिनदेखि काठमाडौंमा भौतारिइरहेका छन् । ‘अझैपनि तथ्य बुझ्न सकेका छैनौं’, उनले, ‘नेपाल ट्रेड युनियन महासंघ जिफन्टको सहयोगमा परराष्ट्र मन्त्रालय, नेपालस्थित बंगलादेश दूतावासमा निवेदन दिएका छौं ।’

 

परराष्ट्र मन्त्रालयका सह–सचिव प्रकाश सुवेदीले भने बंगलादेशस्थित नेपाली दूतावासमार्फत बुझ्दा कमलाको मृत्युबारे अनुसन्धान भइरहेकाले चाडैं तथ्य आउने जानकारी गराएको भुवनले बताए ।

कमला यसरी पुगिन् बंगलादेश

सात बहिनी र दुई दाजुभाइ रहेका कमलाको आमाबुबाको १५ वर्षअघि नै मृत्यु भइसकेको थियो ।

 

आर्थिकरुपमा कमजोर कालीकोटे परिवारकी तिक्ष्ण दिमागकी कमला आफैँ केही गर्ने स्वभावकी थिइन् । उनको त्यही भावनाका कारण उनी ०६७ मा वैदेशिक रोजगारीका लागि कुवेत पुगिन् ।

 

पाँच वर्षमा उनी दुई पटक नेपाल आएकी थिइन् । उनले भाइबहिनीको शिक्षादीक्षदेखि घरमा पनि भरथेग गर्थिन् । दाजु भुवनसमेत कुवेतमै रहेकाले दाजुबहिनीको आम्दानीले उनीहरुले लालबन्दीमै घरसमेत बनाएका थिए ।

 

कुवेतमै रहँदा परिचय भएका बंगलादेशी नागरिक मिलनसँग उनको भेट भएको थियो । उनीसँगको सम्बन्ध करिब दुई वर्षपछि बिबाहमा परिणत भएको थियो । कमलाको पुसमा नेपाल फर्किनुपर्ने योजना थियो ।

 

तर मिलनले उनलाई बंगलादेश लगेर ईसाई परम्पराअनुसार पुस १० गते चर्चमा विवाह गरेका थिए । मिलन कमलालाई बंगलादेशमै छाडेर मिलन भने चैत्रमा पुन कुवेत गएका थिए । मिलन कुवेत गएको केही महिनामै कमलाकुमारीले रहस्मय तरिकाले संसार छाडेको खबर आएको हो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...