दिदी, यसपाली तिहारमा आशिष हैन श्राप दिनु
खै कुन शब्दबाट सुरुवाट गरौ, गाउमा एक पछी अर्को चाड लागिरहेको छ सबै खुसियाली मनाइरहेका छन उता परदेशीको घर भने सुन्यताको भुमरिमा परेको छ। छोरालाई आशिष दिन नपाई रुझेका बुवा आमाको परेला सुक्न नपाउदै फेरी दिदी/बहिनीको मन दुख्ने दिन आएको छ। उता गाउमा एक पछी अर्को चाड खल्लो गरी मनाइरहेका छन, यता परदेसीहरु हरेक चाडमा उस्तै भाब बिह्वल बनेका छन ।
देशमा अस्थिरता कायम गरेर सल्बलाई रहेका छन बिदेशी दलालहरु,बर्षै पिच्छे लाखौ युवाहरुको जवानी बिदेशीको लागी सुम्पिन बाध्य पारिएको छ । हरेक घर घर बाट युबाहरुलाई परिवारसंग बिछोडीन अनिबार्य गरिएको छ, आफुहरु तिनै युबाहरुले आफ्नो जवानी बेचेर आर्जन गरेको धनमा हालिमुहाली गरेर बसेका छन। यसरी नै कालान्तर देखी चलि आएको यो प्रथा अझै जुगौ सम्म रहिरहने देखिन्छ ।
राज्यसत्तामा पहुच हुनेहरुले अर्बौ रुपैया ब्रमहलुट गरी आफ्नो चेलिहरु खुसी राखेका छन । तर हरेक जनताको घर घरका युबाहरु आफ्ना चेलीहरुको मन अमिलो बनाई बिदेशी भुमिमा जवानी बेच्न बाध्य छन। हरेक बर्ष यसरी नै बिटिरहदा अहिले पनी ठिक यही समय सुरु भएको छ, हो यसै बखट मेरो एउटा आग्रह छ दिदी /बहिनी तिमिलाई, बर्षौ सम्म आफ्नै भाईहरुलाई बनिबास पठाउने कौरब जस्ता देशका शाषकहरु भनौ वा सभ्य भाषामा दुर्बासा,यिनिहरु रहे सम्म वा यिनीहरुको हालिमुहाली रहेसम्म तिम्रो हाम्रो मिलन भै खुसी रहने दिन आउन दिने छैनन।
तसर्थ दिदी/बहिनी हरेक तिहारमा दाजुभाइको दिर्घायु र सत्रु क्षयका निम्ती फोर्ने ओखर यसपाली तिनै बिदेशी दलाल वा कौरब जस्ता दुर्बासाहरुका क्षयको निम्ती फोर्नु आशिस हैन यसपाली श्राप दिनु तिनै कौरबहरुको क्षय होस भनी र मनमनै भन्नु यमराज संग “तिम्रो यमुना संग जस्तै मैले पनी मेरा परदेसीएका दाजुभाई संग हरेक बर्ष खुसी सात्न पाउ, यमुनाले जस्तै मैले पनी हरेक बर्ष भाइटिका मनाउन पाउ”।
जैमिनी न पा – 8 छिस्ती बागलुङ साबिक (छिस्ती-9 बागलुङ)
हाल याङ्जु दक्षिण कोरिया