किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाद्वारा एक बिरामीलार्इ पच्चिस लाख वन सहयाेग
किरात याक्थुङ चुम्लङ दक्षिण कोरियाले एक बिरामी लार्इ पच्चिस लाख वन सहयाेग गरेकाेछ। ईलाम जिल्ला महमाइ नगरपालिका वडा न ८ घर भर्इ हाल राेजगारीकाे शिलशिलामा दक्षिण काेरियामा बिरामी भएका अमर कुमार याक्थुङ्बा लिम्बुलाइ उक्त रकम सहयाेग गरिएकाे हाे। बैदेशिक रोजगारिको सिलसिलामा ई पि एस मार्फत दुई बर्ष सात महिना अगाडी कोरिया अाएका याक्थुङबा काम छोडी कामको खोजिमा सेल्टरमा बस्दै गर्दा बेहोस भएका थिए।अचेत अबस्थामा रहेका याक्थुङ्बालार्इ सुवन क्याथोलिक युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो ।हाल नीजकाे स्वास्थ्यमा सुधार आएको छ।अस्पतालबाट डिस्चार्ज गरिएकाे बिरामी फलाेअपकाे अबस्थामा रहेकाछन्।
कि•या•चु दक्षिण कोरियाका अध्यक्ष सुन्दर दिप आङदेम्बे र महासचिब प्रबेस फियाक लिम्बुले उक्त रकम बिरामीलाई हस्तान्तरण गरेका थिए।सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई चुम्लुङले हार्दिक धन्यबाद प्रदान गरेकाे छ।