गजल-भन्छिन् दिदी यसपालाली नि तिहार हरायो
भन्छिन् दिदी यसपालाली नि तिहार हरायो
दिदी भाइ बीचको हाम्रो पियार हरायो
पोहोर भन्थिन् अर्को साल त आए है भाइ
छुट्टी पाइन भन्दा उनको खुशीको मुहार हरायो
पोहोर पनि फूल फुली त्यसै ओइलायो रे
त्यसैले भन्छिन् अब फूल रोप्न जाँगर हरायो
वर्षौं भो हात खाली निधार खाली उनको
त्यसैले भन्छिन् मेरो खुशीको बहार हरायो
भन्छिन् दिदी यसपालाली नि तिहार हरायो
दिदी भाइ बीचको हाम्रो पियार हरायो
(दोलखा , हाल कोरिया खिम्फो)