कोरियामा मगर दिदीबहिनीद्वारा सामुहिक भाईटिका संकलित दक्षिणा राहत कोषको स्थापना
नेपाल मगर संघ दक्षिण कोरिया महिला विभागका चेलीबेटीहरुको आयोजनामा तिहार पर्वको अवसरमा कोरियामा रहनुहुने मगर दाजुभाइहरुलाई सामुहिक भाईटिका लगाइ एक आपसमा शुभकामना आदान प्रदान गरी भब्य रुपमा मनाएका छन ।
गत शनिबार साझ तिहारकै दिन कोरियाको राजधानी सौलमा सम्पन कार्यक्रममा मगर संघ कोरियाका संरक्षक सल्लहाकार कार्य समितिका पदाधिकारी सदस्यहरु तथा कोरियाबासी मगर दाजुभाइहरुको बाक्लो उपस्थितमा टिका तथा आशिर्वाद ग्रहण गर्नुका साथै स्थानिय कलाकारहरु सहित सामुहिक देउसी तथा सोरठी नाचगान समेत रहेको थियो ।
सल्लहाकार मिना थापामगरको स्वागत मगर संघ कोरियाका अध्यक्ष खड्ग थापामगरको शुभकामना मन्त्यब्य र सास्कृतिक विभाग सदस्य स्निका थापामगरको संचालन रहेको उक्त कार्यक्रमबाट संकलित दक्षिणा रकम १०८६००० कोरियन वोन महिला विभाग अन्तर्गत आपतकालिन सामाजिक सहयोगको लागि कोषको स्थापना गरिएकको र आगलागी पीडित मोरङ उर्लावारि राम बहादुर थापामगर सहयोग अभियानमा १०१००० कोरियन वोन सहयोग गरिएकको महिला विभाग प्रमुख उषा मगरले जानकारी गराउनु भएको छ ।