“प्रेमको परिभाषा ” को म्युजिक भिडियो बजारमा
नेपाली साङ्गितिक आकाशमा एउटा नया गीत थपिएको छ । “प्रेमको परिभाषा कस्तो गर्यो तिमीले” बोलको आधुनिक गीतमा
चर्चित गायक राज सिग्देलको स्वर रहेको छ । हरि लम्सालको संगीत र प्रेम कौशलको शब्द रहेको उक्त गीतलाई आमुल कार्कीले एरेन्ज गरेका छन् ।
यस गीतमा रोजन सुन्दासको निर्देशन रहेको म्युजिक भिडियोमा निर्देशक सुन्दाससहित हेमा र देबु बुढाथोकिले मोड्लिङ गरेका छन् । दीपक पौडेलको छायांकन, प्रबिन रेश्मिको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई द कृयटिभ इन्टटेन्ट्मेनले निमार्ण गरेको हो ।
उक्त आधुनिक गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको छ ।
गितको भिडियो हेर्नको निम्ति तलको लिंक क्लिक गर्नुहोला।