एनसीसी कोरियाद्वारा सलनालका लागी कार्यक्रम बाँडफाँड गर्ने
दक्षिण कोरियाको दोस्रो ठूलो चाड सलनालको अवसर पारेर कोरियामा रहेका संघसंस्थाको छाता संगठन नेपाली सम्पर्क समिति एनसीसीले डिसेम्बर ३ तारिखमा कार्यक्रम बाँडफाँड गर्ने भएको छ । सलनालमा कार्यक्रम गर्न चाहने संघसंस्थाले सो मिति भन्दा पहिले एनसीसीमा निबेदन दिन पनि अनुरोध गरेको छ ।
कोरियामा रहेका संघसंस्थाहरू बीचमा संवाद, सहमति,सहकार्य र सहजीकरण गर्दै सहजकर्ताको रुपमा एनसीसीले काम गरेको अध्यक्ष अञ्जु केसीले बताइन । ‘सलनालमा कम्पनीहरुको लामो बिदा हुने भएकोले संघसंस्थाहरुले बिभिन्न खाले कार्यक्रम गर्न गर्र्छन् । हामी सबैलाई मिलाएर लैजान्छौ । नेपाल आदिवासी जनजाति महासंघलाई पनि मिलाएर कार्यक्रम बाँडफाँग गर्छौ ।’ केसीले भनिन् ।
कार्यक्रम बाँडफाँडलाई पूर्ण रुपमा सफल पार्नको लागि कोरियामा रहेका संघसंस्था, व्यापारीवर्ग, बुद्धिजीवी, विद्यार्थी र पत्रकारलाई नेपाल सम्पर्क समितिले अनुरोध गरेको छ ।