अमेरिकाले दियो नेपालीलाई ‘टिपिएस’ सुविधा
फोनिज कोरिया संवाददाता
अमेरिका – डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाललाई टीपीयस सुबिधा प्रदान गरेको छ | आजै न्युयोर्क राज्यका सेनेटर चक सुमरले आफ्नो आधिकारिक वेब साईटमा प्रेस बिज्ञप्ति जारी गर्दै टीपीएस सुबिधा प्रदान गरिएको बताएको छ |
टीपीयस सुबिधा प्राप्त भए संगै अब अमेरिकामा बिना कागजपत्र बसोबास गरि रहेका नेपालीहरुले अस्थायी रुपमा टीपीयस सुबिधा कटौती नभए सम्मको लागि काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् | यो सुबिधाबाट करिब २० हजार नेपालीहरु लावन्धित हुनेछन् | यो सुबिधाले अमेरिकामा भ्रमण भिसामा आउनेहरुले पनि देशमा फर्कने गाह्रो भएको अवस्थामा अमेरिकामै काम गरेर बस्ने सुबिधा प्राप्त गर्ने छन् भने दिपोर्तेसन अर्डरमा परेकाहरुले पनि यो स्तातस रहुन्जेल अमेरिकामा काम गरेर बस्न पाउने छन्|
गत अप्रिल २५ मा ७.८ रेक्टर स्केलको भुकम्पबात करिब ९ हजारको मृत्यु र हजारौ घाइते भए पछि अमेरिकामा बसोबास गर्ने नेपालीहरुको पहलमा टीपीयस सुबिधाको लागि अमेरिकी सरकार समक्ष निवेदन गरिएको थियो | यस अघि निकारागुवा, होन्दुरस , हैटी लगायत देशहरुले यो सुविधा प्राप्त गरिसकेका छन् |