ओएनएफ ओेइजम्बु अधिवेसन डिसेम्बर ३ मा हुने
प्रबासी नेपाली मन्च ओेइजम्बु क्षेत्रको पाचौ अधिवेसन आगामी डिसेम्बर ३ तारिकमा हुने भएको छ । ओएनएफ कोरिया केन्द्रिय अध्यक्ष परशुराम सापकोटाको आतिथ्यमा आइतवार सम्पन्न क्षेत्रिय कमिटिको बैठकमा केन्द्रिय उपाध्यक्ष टेक पुन, कोषाध्यक्ष नेत्र चौधरी ,केन्द्रिय सदस्य तथा ओेइजम्भु इन्चार्ज बिनोद खनाल ,सदस्यहरु नारायण चौलागाइ र हेमराज पोख्रेल समेतको उपस्थिति रहेको थियो ।
ओ एन एफ कोरिया अध्यक्ष सापकोटाले क्षेत्रिय रुपमा सांगठनिक गतिविधिले सम्पूर्ण कृयाशिल साथीहरुमा थप उर्जा प्रदान गर्ने हुँदा अधिवेसनको पूर्ण सफलताको कामना ब्यक्त गरेका छन्। राजु तामाङ र डम्बर साउदलाई कमिटिको सल्लहाकार चयन गर्दै १६ सदस्यीय अधिवेसन तयारी समिति गठन गरेको र उक्त अधिवेसनमा ओेइजम्भु क्षेत्रमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरुमा उपस्थितिको लागी क्षेत्रिय कार्यवाहक अध्यक्ष मोहन बोहराले अनुरोध गरेका छन्।