कोरियाबाट रेमिट्यान्स बढाउन थप सहुलियत र कडाई गरिने नेपाल सरकारको तयारी

सोल,
दक्षिण कोरियाबाट रेमिट्यान्स भित्राउन थप सहुलियतका साथै कडा व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवी नेपालले बताए । सोमबार सउलमा नेपाल राजदूताबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा गर्भनर नेपालले सो भनाई राखेका हुन् ।
दक्षिण कोरियामा फस्टाउदो हुन्डीका कारण नेपाल भित्रिने रेमिट्यान्स न्यून भएपछि नेपाल सरकार गम्भीर भएको उनले स्पष्ट पारे । कोरिया र नेपाल सरकारवीच सम्झौता भई कामदार पठाए पनि सित्तैमा पठाएको जस्तै भएको उनले गुनासो पोखे । कोरियामा लाखौ कमाई हुदा पनि रेमिट्न्यास न्यून देखिएपछि सरकार बाध्य भएर कडाइ गरिन लागेको स्पष्ट पारे । कोरियाबाट वार्षिकरुपमा कति रेमिट्यान्स भित्रिन्छ सहि तथ्यंक नभएपनि १० प्रतिशत जति भित्रिने नुमान सरकारको छ ।
इपिएसबाट कोरिया आउने नयाँ कामदारलाई नेपालमा अनिवार्य खाता खेल्न लगाउने र पुनः आउने कामदारलाई पनि बैधानिक रुपमा नेपाल पैसा पठाएको देखिनुपर्ने कडा नियम लागु गर्न लागेको जानकारी दिए । साथै कोरियालाई मात्रै छुट्टै फोकस गरी फर्केर कृषी वा व्यापार व्यवसाय गर्न चाहनेलाई सहुलियतदरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि गर्न लागेको गर्भनर डा. नेपलाले थपे । उनले कोरियामा रहेका नेपालीहरुलाई दुख गरी कमाएको पैसा बैधानिकरुपमा नेपाल पठाउन आग्रह पनि गरे ।
साथै नेपालमा लागनी गर्न चाहने कोरियनहरुले कुनै नेपालीसंग सहकार्यमा ८० प्रतिशत लगानी गरी व्यवसाय गर्न सकिने प्रावधान रहेको डा. नेपालले स्पष्ट पारे । त्यसैले कोरियामा रहेका व्यवसायी नेपालीहरुलाई नेपालमा लगानी गर्न र इच्छुक कोरियनहरुलाई नेपाल भित्राउन आग्रह पनि गरे ।
सोही अवसरमा राजदूत अर्जुनजंग बहादुर सिंहले कोरियामा हुन्डी कारोबार रोक्न कोरिया आउनुभन्दा पहिला देखिनै आफुले सोचेको बताए । कोरिया आउनसाथ यहाँका धेरै कामदारको माग अनुसार आइतबार कार्यलय खुला गरी सेवा उपलब्ध गराउदै आएका छन् । तर कोरियनको तुलनामा नेपालीहरु कम आउने गरेको खुलाउदै आइतबार आर्थिक कारोबार गर्न चाहनेलाई दुतबासमा पनि सेवा उपलब्ध गराउने राजदूत सिंहे बताए ।