एनसीसी कोरियाद्वारा छठ पर्वको अवसर पारि बाढी पीडितहरूलाई राहत तथा पुनर्निर्माण सामाग्री वितरण
नेपाली संपर्क समिती दक्षिण कोरियाले सप्तरीको सप्तकोशी गाउँपालिकामा गई बाढीपीडित बाट अत्यन्त प्रभावित र त्यस क्षेत्रमा बसोबास गर्ने “लधाम” बस्तीलाई लक्षित गरी राहात वितरण गरेकाेछ।त्यसक्षेत्रको विद्यालय श्री महेरवा देवी निमाविमा नेपाली सम्पर्क समितिका महासचिब निर्मल कुमार बेलबासेले २०७४ कात्तिक ७ गते एक कार्यक्रमका बीचमा राहत बितरण गरेका हुन।बिधालयका लागी एक लाख रूपयां नगद , विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुलाई अठ्चालीस हजार रूपयाको पोसाक , रू छब्बीस हजारकोखाद्यान्न ,रू बिस हजारको यातायात खर्च र भवन निर्माण गर्नको लागि रू अठ्चालीस हजारको जस्तापाता खरिद गरी वितरण गरीएको छ।
नेपाली संपर्क समिती NCC कोरियामा रहेका सम्पूर्ण संस्थाहरूको छाता सङ्गठन अर्थात सबैकाे साझा संस्था हो।”सेवा नै धर्म हो” भन्ने हेतुले सम्पूर्ण नेपालीहरुलाई सुखदुःखमा साथ दिने गरेको छ। यसअघि पाँचथरमा रु पचास हजार बराबरको बाडी पीडित राहत वितरण गरिएको थियो| नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसिकाे नेतृत्वमा संकलन भएकाे राहत सहयाेग अभियानमा सहयाेग गर्ने बिशेष गरि एन सि सि बुसान शाखा, कृष्ण बिडारी लगायत सम्पुर्णलार्इ अध्यक्ष केसीले बिशेष धन्यबाद प्रदान गरेकाछन्।