शेर्पा संघ कोरियाले सलनालमा ल्होसार मनाउने


सोल,
दक्षिण कोरियामा लामो समय देखि विभिन्न सामाजिक र परोपकारी कार्य गर्दै नेपाली समुदाय माझा आफ्नो पहिचान स्थापित गर्न सफल शेर्पा संघ कोरियाले यसपाली पनि ग्याल्बो ल्होसार मनाउने भएका छन् । गत आइतबार फेनतेकमा सम्पन्न बैठकले आगामी कोरियन पर्व सलनालको अवसरमा फेब्रवरी १६ तारिख ग्याल्बो ल्होसार मनाउने निर्णय गरेको हो ।

प्रवास मै रहेर आफ्नो भाषा, धर्म, सांस्कृतिकको संरक्षण तथा प्रवर्दन गर्न सांस्कृतिक पर्व ल्होसार मनाउन लागेको संघको अध्यक्ष सेर साङबो शेर्पाले बताए । साथै कोरियामा स्थापना भएको नेपाली भाषी संघ संस्था र नेपालीहरुवीच एकता, समन्वय, सदभाव बढाउनुको साथै कार्य ब्यस्तताका कारण उत्पन्न तनाब र थकानलाई न्यूनिकरण गर्दै आफ्नो पन महसुस गराउन यस कार्यक्रमले सहयोग पुराउने अध्यक्ष शेर्पाले थपे ।

उक्त ल्होसार कार्यक्रममा स्थानीय शेर्पा कलाकारहरुको बेजोड़ प्रश्तुति रहने छ भने रात भरि डीजे सेसन र उचित खान पिनको ब्यावस्था समेत रहने आयोजकले जनाएको छ ।

केही दिन अघि काम गर्नेक्रममा अचानक घुडामा गम्भीर समस्या देखेपछि सउलको वनजारक क्यानसर हस्पिटलमा भर्ना भएका निमा शेर्पालाई सहयोग स्वरुप संकलन गरिएको रकम ३ लाख ४१ हजार हस्तान्तरण गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला लिस्ती स्थाई घर भई २ वर्षा अगाडी कोरिया प्रवेश गरेका निमालाई अस्पताल भर्ना भएको बेला अपरेशन गर्नुपर्ने सम्भावना चिकित्सकले औलाएपछि आर्थिक सहयोग संकलन गरिएको थियो । संघका कोषाध्यक्ष गुरु निमा शेर्पाले विरामीलाई प्रत्यक्ष भेटी सहयोग रकम हस्तान्तरण गरिएको थियो । घुडाको शल्यक्रिया गर्नु नपर्ने चिकित्सकको सुझावमा विरामीको अवस्थामा क्रमिक सुधार आइरहेको जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...