कोरियामा डोजर सिक्दै नेपाली युवाहरु


हरेक आइतबार बिदाको दिनलाई सदुपयोग गर्दै डोजर सिकिरहेका छन् कोरियामा नेपाली युवाहरु । विशेषगरी वैदेशिक रोजगार प्रणाली(इपिएस)बाट रोजगारीको सिलसिलामा कोरिया आएर आफ्नो कार्य अवधि पूरा गरी फर्कन लागेका युवाहरुलाई सिकाइने विभिन्न सीपमूलक कार्यक्रम अन्तर्गत डोजर सिक्ने तालिम लिइरहेका युवाहरुमा बेग्लै जोश जाँगर र उत्साह थपिएको छ ।

‘नेपाल अहिले विकाशको संघारमा पुगेको बेला कोरियाबाट फर्कन लागेका युवाहरुले यस्तो सीप सिक्नु अत्यन्त प्रभावकारी देखिन्छ । सीप सिकेर त्यहि क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने छैन तर जानीराखे जुनसुकै बेला पनि काम लाग्न सक्छ’, विगत नौवर्षदेखि कोरियामा कार्यरत तनहुँका नारायण प्रसाद पौडेल भन्छन् । त्यसो त उनले कोरियामै गाडी मर्मत सम्वन्धि तालिम समेत लिइसकेका छन् । पैसा कमाउन मात्र होइन फुर्सदमा केही सीप सिकेर ज्ञान आर्जन गर्नु पनि ठुलो उपलब्धि हो । सीप सिक्दा अझ आफुमा केही गर्छु भन्ने भावनाको समेत विकास हुन्छ आत्मविश्वास बढ्छ, नारायण सुनाउँछन् ।

‘नेपालमा सिक्दा महंगो पर्छ । कोरियामा सित्तैमा सिक्न पाउनु हाम्रो लागि ठुलो अबसर र राम्रो मौका हो’, स्याङजाका बुद्धिसागर(देवसागर) ज्ञवाली भन्छन् । विदाको दिन त्यसै बस्नु भन्दा केही न केही सिप सिक्नु राम्रो हो । जस्ले आत्मविश्वास बढाउनुका साथै डिप्रेसन, फ्रस्टेसन पनि नहुने साथीभाइसँग भेटघाट पनि हुने भएकोले यस्तो खालको ट्रेनिङ अति उपयोगी रहेको ज्ञवालीको भनाई छ ।

त्यसो त यो तालिमको लागि उनको पनि केही भूमिका छ । उनीसहित २,४ जनाको समूहले छाङवन विदेशी कामदार सहयोग केन्द्रमा डोजर सिक्ने प्रस्ताव राखेका थिए । किनकी अहिले नेपालमा विकाश निर्माणको काम तीव्र गतिमा भइरहेको छ । डोजर सिकेर व्यवसायिक रुपमा गर्न सक्ने हो भने देश विकासमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समेत धेरै आम्दानी गर्न सकिने ज्ञवाली बताउँछन् । भन्छन, ‘तर एक्लैले डोजर किन्न महंगो पर्ने भएकोले २/४ जना मिलेर गर्न सकेमा सम्भावना धेरै राम्रो छ ।’

देवसागरसँगै कोरियाको ख्यङसाङनाम्दोस्थित छाङवन शहरको बुकम्यनको ‘छाङवन चुङवाङबि हाक्वन'(इन्स्टिच्युट) मा डोजर सिकिरहेका अर्का गोविन्द श्रेष्ठ पनि डोजर चलाउन जाने नेपालमै टन्न पैसा कमाउन सकिने बताउँछन् । भन्छन्, ‘नेपालमा बाटोघाटो बन्दै छन् । विकाशका पूर्वाधारहरु बनिरहेका छन् । डोजर किनेरै चलाउन नसके पनि डोजर सम्वन्धि ज्ञान भए जुनसुकै बेला पनि काम लाग्न सक्छ ।’ सातवर्षदेखि कोरियामा कार्यरत चितवनका गोविन्द नेपाल फर्केपछि डोजर किनेर चलाउने सोच त बनाएका छैनन तर यो सिप जानीराखे काम लाग्ने बताउँछन् ।

‘सिकिराखे काम लाग्ला भनेको अलि पारा नै पो नल्याउने रछु त हौ मैंले त,’ डोजर घुमाउदै गरेका इलामका थेगिम हाङसारुम्बा भन्छन् । ‘चार हप्ता भयो सिकेको तर प्राक्टीस गर्ने समय नभएर बिर्सि पो हालिने रछ’, दुई महिनापछि नेपाल फर्कन लागेका हाङसारुम्बा भन्छन् । नेपाल फर्केपछि आधुनिक कृषितिर लाग्ने सोच बनाएका उनी कोरियामा सिकेको काम नै गर्नुपर्छ भन्ने मान्यतामा छैनन् । भन्छन्, ‘आफुलाई अनुकुल हुने काम गर्नुपर्छ । जुनसुकै पनि सीप सिकीराख्नु राम्रो हो । कुनै बेला काम लाग्न सक्छ । कोरियामा दुई महिना सिकेर नेपालमा डोजर चलाउन त सकिदैन तै बेसिक जानीराख्नु पनि ठुलो हो ।’ उनको बिचारमा अभ्यास गर्ने समय अलि बढी हुनुका साथै यसको पाटपूर्जाको काम पनि सिकाए अझ प्रभावकारी हुने थियो ।

‘फुर्सदको समयमा यसरी डोजर सिक्न पाउनु नै हाम्रो अहोभाग्य हो’, काभ्रेका विष्णु थापा भन्छन् । ‘सुरुमा त डर लागेको थियो । सिक्दै जाँदा रमाइलो लागिरहेको छ । डोजर सिक्न त्यति सजिलो चाही हुन्न रहेछ है’, उनी पनि अभ्यास गर्ने समय अलि कम भएको महशुस गर्छन् । नेपालमा विकाशका पूर्वाधारहरु बनिरहेकाले डोजर चलाउन जाने धेरै काम लाग्ने उनको राय छ । १९ महिनादेखि कोरियामा कार्यरत थापा अझै नेपाल फर्केर यहि गर्छु भन्ने योजना बनाएका छैनन । भन्छन्, ‘आँट, हिम्मत र साहस भए जे पनि गर्न सकिन्छ । गर्ने हो भने नेपालमै पनि विकासका सम्भावनाहरु धेरै छन् ।’

फुर्सदको समयलाई सदुपयोग मात्र होइन केही सीप पनि सिक्ने चाहना बोकेर डोजर सिक्न आएका राजकाजी श्रेष्ठलाई नेपाल फर्केपछि दुईचार जना साथीहरुसँग मिलेर डोजर किनेर नेपालमा केही गरौं भन्ने लागेको छ । ‘कोरियामा डोजर सिक्ने यो राम्रो अवसर हो । तर धेरै जना भएकोले लामो समय प्राक्टिस गर्नै पाइन्न । एकछिन सिक्यो बिर्सिहालिन्छ । एक जनाले दिनमा दुई घण्टाजति अभ्यास गर्न पाए त छिटै सिकिन्थ्यो’, श्रेष्ठ भन्छन् । दोस्रो पटक कोरिया आएका काठमाडौका श्रेष्ठ कोरियन सरकारले कोरियामा कार्यरत विदेशी कामदारहरुलाई विभिन्न सीपमूलक तालिमहरु दिएर आत्मनिर्भर बनाउने यो कार्य प्रभावकारी र उपयोगी रहेकोमा खुशी ब्यक्त गर्छन् । ‘हामीले पनि यसको सहि सदुपयोग गरेर नेपाल फर्केपछि केही गर्नुपर्छ,’ उनी जोसिन्छन् ।

त्यस्तै बिगत चारवर्षदेखि कोरियामा कार्यरत भोजपूरका रुवीहाङ राई पहिलो पटक डोजर सिक्दा केही गर्न सक्छु भन्ने आत्मविश्वास बढेको महशुस गर्छन् । यो तालिम नेपालीहरुको लागि अत्यन्तै उपयोगी रहेको बताउदै राई अगाडि थप्छन्, ‘नेपाल विकासको गतिमा रहेकोले अबको पाँच वर्षभित्र नेपालमा केही गर्न सकिन्छ ।’ त्यसतै उनले १० १५ वर्षपछि नेपालमा कन्स्ट्रक्सन कम्पनी खोल्ने सोच समेत बनाएका छन् ।

चारवर्षदेखि कोरियामा कार्यरत विमल आचार्य पनि डोजर सिक्न पाउदा मख्ख छन् । एक्लै सिक्नुभन्दा ठुलो जमातमा अर्काको हेर्दै सिक्दा अझ छिटो सिकिने बताउँछन् । भन्छन्, ‘धेरै जनामा कम्पिटिसनको भावना बढ्ने हुनाले छिटो सिकिन्छ । उसले त जान्यो म पनि के कम भन्ने हुन्छ ।’ डोजर पहिलो पटक भएपनि डर भन्दा उत्सुकता जागेकोले सिक्नलाई त्यति गाह्रो नभएको उनको अनुभव छ । ‘साथीहरुले डोजर सिक्ने भन्दा मलाई पनि रहर लाग्यो । अरुको करकापमा भन्दा आफ्नै रहरमा छिटो जानिने रहेछ’, आचार्य आफ्नो अनुभव बाँड्छन् ।

सुर्खेतका झइनबहादुर खत्रीको कोरिया बसाई छ महिना मात्र बाँकी छ । उनले नेपाल फर्केपछि डोजरतिर नै लगानी गर्ने हो कि भन्ने पनि सोच्न थालेका छन् । ‘हेरौं समयले के गर्छ । यहाँ बेसीक सिकियो प्राक्टिस गरे कसो नसकिएला ?’ उनी निर्धक्क भन्छन् । ‘तर, नेपालमा डोजर सिक्न महंगो छ किन्न पनि महंगो छ । एक्लैले आँट गर्न गाह्रै छ । नेपाल सरकारले डोजरमा केही सहुलियत गरिदिए राम्रो हुनेथियो ।’

डोजर सिक्दै गरेका अर्का शिव सुवेदी पनि डोजर सिकेर नेपालमा यहि क्षेत्रमा लाग्न सके सम्भावना राम्रो देख्छन् । दुइ वर्ष अघि कोरिया आएका सुबेदी थप्छन्, ‘तर समस्या त्यही हो सिक्न नि महंगो किन्न नि महंगो । कोरियन सरकारले विदेशी कामदारहरुलाई विभिन्न सीप सिकाएर आत्मनिर्भर बन्ने प्रेरणा दिन्छ । हाम्रो सरकार, रेमिटेन्समा र्याल चुहाउँछ ।’

डोजर तालिममा सहभागी रुकुमका विकाश गिरी र रामेछापका तिर्थबहादुर भण्डारी भने डोजर सिकाउने प्रशिक्षकसँगै अन्य प्रशिक्षार्थीहरुलाई गाइड गरिरहेका हुन्छन् । किनकी गिरी र भण्डारी लामोसमयदेखि कम्पनीमा डोजर चलाउने काम नै गर्दै आएका छन् । ‘कोरियामा हाम्रो कामै डोजर चलाउने हो तर कतै सिकेको आधिकारिक प्रमाणपत्र छैन । त्यसैले यहाँ आएका हौं’, उनीहरु एकै स्वरमा भन्छन् । ‘सेन्टरबार सिकेको प्रमाणपत्र र कम्पनीमा काम गरेको अनुभव भएपछि त हामीलाई जहाँ पनि काम गर्न सजिलो पर्छ ।’

छवर्षदेखि कोरियामा कार्यरत गिरी कम्पनीमै डोजर(फोखरेन) चलाउन सिकेर पाँचवर्षदेखि यहि काम गर्दै आएका छन् भने गिरीकै कम्पनीमा काम गर्न पुगेका भण्डारी पनि सुरुमा विदाको दिन र बिहान बेलुकी लुकेर सिक्दासिक्दै पछि साहुले देखेर फोखरेन चलाउन दिएका थिए । ‘चलाउन सबै आउछ । आधिकारिक प्रमाणपत्रको लागि मात्र यहाँ आएको हो’, भण्डारी भन्छन् । ‘कोरियामा यत्रो वर्ष डोजर चलाउने काम गरेपछि नेपाल फर्केपछि पनि अवश्य यहि क्षेत्रमा काम गर्नुपर्छ नि’, उनीहरु जोशका साथ भन्छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा कोरिया आएका कामदारहरुलाई कोरियन सरकारले विदाको दिन विभिन्न सीपमूलक तालिम दिनुका साथै भाषाका कक्षाहरु समेत निशुल्क संचालन गर्दै आएको छ । सोही अन्र्तगत मानव संसाधन विकास सेवा कोरिया(एचआरडी)को सहयोगमा छाङवन विदेशी कामदार सहयोग केन्द्र(창원외국인력지원센터)ले आयोजना गरेको दुई महिने डोजर तालिममा नेपालका १४ जना युवासहित कम्बोडिया र भियतनामका गरी २५ जना युवाहरुले डोजर सिक्ने तालिम लिइरहेका छन् ।

कोरियामा रोजगारीका लागि आएका युवाहरुले आफ्नो मुलुक फर्केपछि केही गर्न सकुन् भन्ने उदेश्यले विभिन्न सीपमूलक तालिम दिने गरेको छाङवन विदेशी कामदार सहयोग केन्द्रमा कार्यरत स्नेहा लामा बताउछिन् । उनका अनुसार सेन्टरले हरेक आइतबार कोरियन भाषाको कक्षा, टोपिक तयारी कक्षा, कम्प्युटर तथा विभिन्न सीपमूलक तालिमहरुको आयोजना गर्दै आएको छ भने अर्को बर्ष कजेदोमा बेकरी तालिम कक्षा समेत संचालन गर्ने तयारी गरेको छ । यस्ता सीपमूलक तालिम तथा भाषाका कक्षाहरु निशुल्क मात्र होइन सहभागीहरुलाई गाडी भाडा र खाजाको व्यवस्था समेत सेन्टरले गर्ने गर्छ ।




आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...