बिश्वकर्मा समाज कोरियाद्वारा बलात्कार पीडित युबतिलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण
बलात्कार पश्चात् आखा झिकेर अत्यन्तै दर्दनाक तवरले हिंसाको शिकार भएकि भोजपुर आम्चोक निबासी १४ वर्षिय करिष्मा बिकलाइ बिश्वकर्मा समाज द.कोरियाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम धरानमा एक कार्यक्रमको आयोजना गरि पिडित करिश्मा बि.क.लाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् ।
सरवस्ती मा. बि आम्चोकमा कक्षा ८ आठमा अध्यनरत करिश्मा आफ्नै छिमेकी सन्तोष श्रेष्ठ द्वारा झन्डै ३ हप्ता अगाडी बलात्कारको शिकार भएकी थिइन् । बलात्कार सगै पिडक श्रेष्ठले उनको आखा समेत झिकिदिएको समाचार प्रकाशित भएका थिए ।
हाल बिपि अस्पताल धरानमा उपचार गराइरहेकि पीडित करिश्माले आफ्नो उपचारका लागि सहयोगको आह्वान गरे पश्चात् विभिन्न संघ सस्था तथा देश बिदेशमा रहेका नेपालिहरुले उनको उपचारको लागि सहयोग संकलन अभियान शुरु गरेका थिए । उनको उपचारमा हालसम्म ३ लाख रुपैया भन्दा बढी खर्च भैसकेको उनका दाजुले बताएका छन् ।