Advertisement
SKIP THIS

अब कोरियन भाषाको अध्ययन मोबाइल एपमा


सन् २००९ मा रोजगारीको सिलसिलामा कोरिया आएका चितवनका पवन सिलवालले मोबाइलबाट नै कोरियन भाषा सिक्ने सजिलो एप बनाएका छन् । नेपाल, कोरिया तथा अन्य मुलुकमा रहेका नेपालीहरुले मोबाइलबाट सजिलै कोरियन भाषा सिक्न सकुन भन्ने उदेश्यले तयार पारिएको उक्त एप मोबाइलको play store मा गएर korean bhasa अंग्रेजीमा टाइप गरेर install गर्नुपर्छ ।
झल्लानाम्दोस्थित एक कम्पनीमा कार्यरत सिलवालले छ महिनाको निरन्तर मेहनत पछि उक्त एप तयार पारेका हुन् । कोरियन भाषा अध्यनमा सहज हुने उक्त एपमा धेरै जसो कोरियन क्रियापदहरुलाई नेपाली भाषामा उल्था गरिएको छ । कोरियामा कम गरेर बचेको समयलाई प्रयोग गरेर एप तयार पारेका उनले उक्त एपमा दैनिक प्रयोगका शब्दहरुलाई अपडेट गर्दै जाने बताउछन । हाल उनले तयार गरेको एप्लिकेशन कोरिया गुगल प्ले स्टोरमा ट्रेन्डीङ् पेजको 5 औं स्थानमा छ । उनले यो बाहेक अन्य २ वटा एप्सको प्रोजेक्ट पनि तयार गरेको र केहि दीनमै प्ले स्टोरमा आउने बताए ।
आफुले कोरिया बस्दा सिकेको भाषिक ज्ञानलाई सबैको सामु प्रस्तुत गर्न पाउदा अत्यन्तै खुसि लागेको सिलवाल बताउँछन् । यो कोरियन भाषा (koreanbhasa) नामक एप जो कोही कोरियान भासा पढ्न खोज्नेलाई एकदमै प्रभाबकारी हुने उनको दावी छ । कोरियन भाषाको लगभग सम्पूर्ण कृया पद (verbs) हरु यो एपमा छ । कोरियामा कामको अलावा प्लेन टिकेट बिक्रीको काम पनि गर्दै आएका सिलवाल usa uk को freelancing को काम पनि गरी राखेका छन् ।

एप्लिकेसनको लिन्क तल छ । यसमा क्लिक गरेर डाउन्लोड गर्न सक्नु हुनेछ ।

https://play.google.com/store/apps/details?id=com.thunkable.android.psilwal121.korean_bhasa

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...