जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने
नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहालको असमायिक निधनप्रती नेपाली जनप्रगतिशिल मंच कोरियाले श्रद्धाञ्जली सभा गर्ने भएको छ ।
आगामि २६ तारिक आइतबारका दिन सौल स्थित नेपाल हाउसमा दिउँसो ठिक १२ बजे उक्त सभा गर्ने जनप्रगतीशिल मंच कोरियाका अध्यक्ष खगेन्द्र बुढा मगरले बताएका छन् ।
यहि मङ्सिर ३ गते आइतबारका दिन हृदयघातका कारण प्रकाश दाहालको असमायिक निधन भएको समचार प्रकाशित हुने बित्तिकै नेपाली जनप्रगतिशिल मन्च कोरियाले आकस्मिक बैठक बोलाएको थियो । उक्त बैठकले मृतक दाहालको आत्माको चिर शान्तिको कामना सहित गहिरो समबेदना प्रकट गर्दै शोक प्रस्ताब समेत पारित गरेको थियो ।
भने कोरियामा रहेका विभिन्न संघ सस्था,राजनैतिक दलका प्रतिनिधि,ब्यबसायी,विद्यार्थी,समाजसेबी, पत्रकार लगायत सम्पुर्ण शोकाकुल युबा बर्गलाइ यहि समाचार लाइ आधिकारिक मान्दै शोक सभामा उपस्थित जनाउनु हुन जिल्ला पार्टी कोरियाका सम्योजक दिलिप धिताल ले अनुरोध गरेका छन् ।
प्रकाश दाहाल जनयुद्ध कालदेखी नै पार्टी र क्रान्तिका निम्ति पूर्णकालिन कार्यकर्ताको रुपमा रहेर योगदान गर्दै आएका थिए ।भने बृहत् शान्ति सम्झौता पश्चात् अध्यक्ष प्रचण्डको सचिबालयमा रहेर कुशल ब्यबस्थापकको भुमिका समेत निर्बाह गर्दै आएका थिए ।
श्रद्धाञ्जली सभाको लागि
मिति : २६ तारिक आइतबार
स्थान : नेपाल हाउस सौल
समय : दिउँसो ठिक १२ बजे