नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेशन सम्पन्न,अध्यक्षमा चाम्लिङ।
पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान !
अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान!! भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ। महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेकोछ।
नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा महासचिब केशर दर्लामी मगरले कार्यक्रम संचालन गरेका थिए भने निबर्तमान बरिष्ठ उपाध्यक्ष पवन चाम्लिङ्गले मन्तब्यले स्वागत गरेका थिए। प्रमुख अतिथिमा एन आर एन ए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले पानसमा दियो बालेर पांचौ महाधिबेशनको उद््घाटन गरेका थिए। बिशेष अतिथिका रुपमा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
महासंघले बिभिन्न समाजसेबि तथा महासंघलाई बिशेष योगदान पुर््याउने ब्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो।
कोरियामा क्रियाशिल १२ वटा जातिय संस्थाहरु नेपाल मगर संघ, तमु धिं,किरात राई यायोख्खा, किरात याक्थुङ्ग चुम्लुङ,नेपाल तामाङ्ग संघ, थकाली सेवा समाज,भुजेल समाज,छन्त्याल परिवार,शेर्पा संघ, नेवा पुच,थारु कल्याणकारिणी सभा बाट नेपाल आदिवासी जनजाति महासंघ बनेकोछ। महासंघले किमे बुसान र छल्लानाम्दाे ख्वाङजु २ शाखा गठन गरेको छ भने एक भातृ संस्था फोनिज कोरिया शाखा पनि क्रियाशिल छ।
दोश्रो चरणको बन्द शत्रमा लोचन राईको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन मण्डल गठन गरिएको थियो। बन्द सत्रमा निबर्तमान महासचिब केशर दर्लामी मगरले महासंघको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने नि बर्तमान कोषाध्यक्ष नोगेन नेम्बाङ्गले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए।
नयां कार्य समिति
अध्यक्षमा पवन चाम्लिङ राइ, वरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षमा गजेन्द्र शेर्मा र बाबुलाल मोक्तान, महासचिवमा केशव दर्लामी मगर, सचिवमा युगेल तेन्डुप र चोइस किराती, कोषाध्यक्षमा अग्नि पान्धक(मिराक), सहकोषाध्यक्षमा बमबहादुर तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गुरु निमा शेर्पा, युवराज राई, तुल चोचाङगी मगर, विपिन चौधरी, शिवशंकर महतो थारु रहेका छन्।अन्य संदस्यहरू सम्बन्धित संस्थाबाट पद पुर्ति गरिने जनाइएकाेछ।