कोरियामा एक नेपालीले पाए मानार्थ नागरिकको सम्मान
सौल मेट्रोपोलीटन गभर्मेन्टले सदाको बर्ष झै यस बर्ष पनि मानार्थ नागरिकको सम्मान प्रदान गरेकोछ। कोरियामा कार्यरत बिभिन्न देशका १३ नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरिएको हो। बिभिन्न १३ देशका नागरिक मध्ये नेपालको तर्फबाट ब्यवसाही संचारकर्मी तथा कलाकार गम्भीरमान श्रेष्ठले सम्मान पाएका छन।
सौल मेट्रोपोलीटन गभर्मेन्टले २०१७ नोवेम्बर २९ तारिख एक कार्यक्रमको आयोजना गरि उक्त सम्मान प्रदान गरेको हो। सोलको सेजोङ्ग हलमा आयोजीत उकत कार्यक्रममा सौल महानगरपालिकाका मेयर पार्क वोन सुनले बिभिन्न देशका १३ नागरिकलाई सौल अनररी सिटिजन्ससिपको सम्मान प्रदान गरेका थिए। कोरियामा कार्यरत बिदेशी नागरिकले कोरियाका लागी आर्थीक, सामाजिक, कल्चर, पर्यटन प्रबर्धन कला लगाएतका क्षेत्रमा बिशेष योगदान दिए बापत उक्त सम्मान प्रदान गरिने बताइन्छ ।
सौल अनररी सिटिजन्ससिप सेरोमोनीमा नेपालका तर्फबाट कार्यबाहक राजदुत किरण शाक्य, पूर्ब मानार्थ नागरिकको पदबाट सम्मानित ब्यक्तित्व केपी सिटौला र भीम गुरुङ्ग लगाएतका ब्यक्तित्वहरु सहभागी भएका थिए।
हाल सम्म मानार्थ नागरिकको सम्मान पाउने नेपालीहरुमा केपि सिटौला,तेन्जी शेर्पा,राजु क्षेत्री,जुनु गुरुङ्ग, भीम गुरुङ्ग र गम्भीरमान श्रेष्ठ रहेका छन्।