नराम्रो साहु


दक्षिण कोरियामा रोजगारीको लागी आउन चाहाने नेपालीहरु धेरै छन् । आकर्षक तलब र जीवन शैलीको सपना बुन्नेहरुको आशाको धरोहर हो कोििरया ।
हालसम्म कोरिया आउने नेपालीको संख्या ५० हजार नाघिसक्यो ।
नेपालमा भएका धेरै युवाको सपनाको सहर हो कोरिया । तर कोरिया आइपुगेका धेरै नेपालीहरुका समान गुनासा छन् मेरो साहु नराम्रो छ ।
के सबै कम्पनीका मालिक नराम्रै छन् त ? छैनन् । हर समाज राम्रो नराम्रोको दुबै पक्ष हुन्छ । तर जति नेपालीहरुको मुखबाट मेरो साहु नराम्रो भन्ने सुनिन्छ त्यती साह्रो सबै साहुहरु नराम्रो चाही छैनन । आखीर म नराम्रो की मेरो साहु नराम्रो त भन्ने बिषयमा यहाँहरु माझ केही बुदाहरु राख्ने अनुमती चाहन्छु ।
मेरो साहुले मलाई खाना बस्न दिएको छ तर काम असाध्यै पेलाउछ ।
काम गर्दा थोरै गल्ति भएमा मेरो साहुले धेरै गाली गर्छ ।
मेरो साहुले मलाई सम्बोधन गर्दा अत्यन्तै तल्लो दर्जाको भाषा प्रयोग गर्छ ।
मेरो साथीको साहुले दुई ढाई लाख तलब दिन्छ मेरो साहुले एक डेढ लाख भन्दा दिदैन ।
मेरो साथीले गर्ने काम सजिलो छ मेरो गाह्रो छ । माथिका बुदाहरुमा कोरियामा कार्यरत धेरै नेपालीको मुख बाट धेरै सुनिने सुन्न वाक्यांशहरु हुन् ।
हामी नेपालबाट आउदा एक लाख भनेको ठुलो रकम हो एक लाख कमाउन जे गर्नु परे पनि गर्न सक्छु र गर्छु भन्ने आशय बोकार आएका थियौ तर यहाँ आएपछि आर्कोले दुईलाख बुझेको देखेर मलाई एकलाख दिने साहु नराम्रो लाग्यो यसमा साहु नराम्रो की म नराम्रो ?
कुनै पनी साहुले बिदेश बाट कामदार ल्याउनुको मनशाय भनेकै उसलाई अधिकतम काममा लगाएर आफुले प्रसस्त नाफा आर्जन गर्ने हुन्छ । जस्ले गर्दा हामीलाई साहु नराम्रो लाग्छ तर साहु नराम्रो की म ? कुनै पनि साहुले आफ्नो कामदारले कम लागतमा उत्पादित बस्तुहरु उत्पादन गरुन । काममा गल्ति गर्दा उत्पादन लागत बढ्ने भएकाले गल्तीमा गाली गर्छ । हामीलाई साहु नराम्रो लाग्छ यो अबस्थामा मेरो साहु नराम्रो की म ? हामी नेपालीहरु पढेलेखेका शिक्षीत मान्छेहरु यहा तल्लो दर्जाको मजदुरी गर्न आउछौ तर हाम्रो आशय साहुले मलाई आदर साथ सम्बोधन गरोस भन्ने हुन्छ र पनि आफ्नो मजदुरलाई साहुहरुले प्राय तल्लो दर्जाको भाषा प्रयोग गर्छन जुन कुरा नेपाली बाहेकका बिदेशीहरुलाई सहज लाग्छ तर हामी धेरै शिक्षीत भएकाले असहज लाग्छ र आफ्नो साहु नराम्रो लाग्छ तर नराम्रो म की मेरो साहु?
यी यस्ता कुराहरु कम्पनी वा संस्था संचालनका आधारभुत सामान्य नियमहरु हुन जस्लाई गहिरियर नियाल्न नसक्नु हाम्रो कमजोरी हो । यस्ता कुराहरुमा आफुले कुनै प्रतिक्रिया जनाउनु अघि हामीले आफु साहु भएर एक पल्ट सोच्ने हो भने अरुमा गर्ने ब्यबहार तिनै हुन । हामीलाई ती कुराहरु किन पच्दैनन् ?
हामी नेपालीहरुको एउटा बानी सबैभन्दा खराब छ जुन बानी हो आफुलाई अरुसंग तुलना गर्ने, हामिलाई थाहा छ सुन हीरा हुन सक्दैन एक मान्छे आर्को मान्छे जस्तै हुन सक्दैन तरपनी हामीले तुलना गर्न छोड्दैनौ त्यसैले नै हाम्रो समाज अझै सम्म माथी उठ्न सकेको छैन । हरेक कुराहरु बाट राम्रो पक्षलाई मात्र ग्रहण गर्ने हो हर चिजमा नराम्रा पक्षहरु हुन्छन तर पनी हामीले हर चिजको नराम्रा पक्ष मात्रै खोज्छौ जसले गर्दा हामिलाई गाह्रो लागिरहेको छ र आफ्नो साहुलाई नराम्रो मात्र देखिरहेका छौ। तर म साहु भएमा मैले अरुलाई गर्ने ब्यबहार पनी तिनै हुन भनेर एक पल्ट सोच्न सकेमा हाम्रो बैदेशीक बसाई अत्यन्तै सहज हुनेछ ।

(नगरपालीका-8 छिस्ती बागलुङ हाल याङ्जु दक्षीण कोरिया।)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...