सलनालको कार्यक्रम बाँडफाँड सम्पन्न
नेपाली सम्पर्क समिति एनसीसी दक्षिण कोरियाले कोरियाली चाड सलनालको अबसरमा बिभिन्न संस्थाले गर्ने संस्कृतिक कार्यक्रमको बाँडफाँड गरेको छ ।
तीन दिन हुने सलनालको बिदामा तीनवटै संस्थाले कार्यक्रम गर्न निबेदन दिएका थिए । सलनालको पहिलो दिन सोलु सम्पर्क समिति दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्नेछ भने दोस्रो दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम आयोजना गर्नेछ ।
सलनालको अन्तिम दिन मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाले संस्कृतिक कार्यक्रम गर्ने एनसीसी अध्यक्ष अन्जु केसीले जनकारी दिइन् । ‘हामीले सलनालमा कार्यक्रम गर्न चाहने संघसंस्थालाई निबेदन दिन भनेका थियौ । तीनवटा मात्र संस्थाले निबेदन दियो ।’ केसीले भनिन् ।
कार्यक्रम बाँडफाँड एनसीसीका पूर्व अध्यक्ष लोचन राईको नेतृत्वको समितिले गरेको हो । आदिबासी जनजाति महासंघ दक्षिण कोरियाले एनसीसीको कार्यक्रम बाँडफाँडमा गत बर्ष देखिनै असन्तुष्टी ब्यक्त गर्दै आएको छ । महासंघको असन्तुष्टी पछि दक्षिण कोरियामा रहेका जनजाति संघसंस्थाहरु भने कार्यक्रम बाँडफाँडमा सहभागी भएनन् ।