मतपरिणाम देशविकासको लागि दिएको अन्तिम अवसर


नेपाली जनता देशमा शुसासन, स्थिरता सँगसँगै विकास र समृद्धि चाहन्छ भन्ने गतिलो उदाहरण हो यसपालीको वाम गठवन्धनले देशमा हुने स्थिरता र विकासको नाराप्रतिको चुनावी परिणाम । झट्ट हेर्दा नेपाली जनता सजिलै भावनामा वहकिने जस्तो देखिएतापनि विकासका कुराहरु सँधै चुनावी नारामात्र भई चुनावपश्चात धेरैचोटी धोका पाईरहँदा स्पाटिलो धारझैँ तिखारिएको छ ।

देशमा लामो समयसम्मको द्धन्द्धवाट वाक्कदिक्क भएर विकासको ठूलो आसका साथ २०६२/६३ को जनआन्दोलनपश्चात भएको पहिलो संविधानसभाको चुनावमा तत्कालिन माओवादी पार्टीलाई पहिलो दलको रुपमा सांसद भवनमा पु¥याईदिएको थियो । तर विडम्बना चुनावपश्चात उक्त पार्टीमा जुन प्रकारको विजयीको दम्भ देखियो, शुसासन, सदाचार तथा देश विकासका कुराहरु केवल चुनावी नारामा मात्र सिमित भए । जनताले सो पार्टीप्रति राखेको भरोसा तथा गरेका आशहरुमा तुसारापात भयो अर्थात सो पार्टीको तर्फवाट देशमा कुनै परिवर्तनको चमत्कार हुन सकेन । एकप्रकारले नेतृत्त्व पूर्ण रुपमा असफल सावित भयो तत्पश्चात सम्पन्न भएको दोस्रो संविधानको चुनावमा जनताले त्यो पार्टीप्रतिको वितृष्णाको आक्रोश चुनावमार्फत नै दिएको कुरा विधिवत नै छ । साथै अहिले सम्पन्न भएको चुनावी परिणाम दोस्रो संविधानसभामार्फत चुनेर पठाईएकाहरुले देखाएको असफल कार्यक्षमताप्रति सार्वभौमसत्ता प्राप्त नेपाली जनताको प्रहार हो ।

लामो समयदेखि चलिरहेको संक्रमणकाल तत्काल अन्त्य गरि देशमा स्थायीत्त्व सुशासन समृद्धि तथा तिव्र रुपमा आर्थीक वृद्धि एवम् देशको विकास हेर्नलाई नेपाली जनता लामो समयदेखि आतुर, लालायित छन् । तसर्थ पुराना पार्टीहरुको कार्यशैलीप्रति असन्तुष्टिका कारण अहिलेको चुनाववाट नै भरपर्दो विकल्पको रुपमा अरु नै कसैलाई चहारिरहेको थियो । तरपनि विकासका नाराका साथ अगाडी आउन थालेको नयाँ पार्टीहरु आफूलाई भरपर्दो विकल्पको रुपमा सतहमा ल्याउन नसक्नु र आफ्नो संगठन विस्तारका निम्ति लामो गृहकार्यको कमीको कारण यसपाली पनि नेपाली जनताले पुरानै पार्टीहरुलाई फेरि अवसर दिएको छ । पहिले सम्पन्न चुनावहरु र त्यसपछि सम्पन्न चुनावहरुमा आएको परिणामवाट पनि प्रष्ट हुन्छ की यो चुनावी परिणाम कुनै एक व्यक्ति विशेषको कुनै एक संगठनको दिर्घकालीन जित होईन् यो सृफ विकास तथा परिवर्तन चाहने नेपाली जनताले दिएको सिमित अवसर हो । अव विजयी वनाएर पठाएकाहरुमा जितको दम्भ त्यो कदापी नआओस् । कुनै पार्टी वा संगठनको मात्र जित नभई सिंगो देशको जित हुने दिन आओस ।

वहुप्रतिष्ठित हेटौडा सुरुङ्गमार्ग, वुढिगण्डकी हाईड्रोपावर, मेलम्चिको पानि, त्रिभूवन विमानस्थलको स्तरोन्नति तथा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलहरु(भैरहवा अन्तराट्रिय विमानस्थल, पोखरा अन्तराट्रिय विमानस्थल) , पेट्रोल पाईपलाईन विस्तार, काठमाण्डौँमा बाहिरी चक्रपथ निर्माण तथा मोनोरेल तथा मेट्रोरेल आदि ईत्यादि परियोजनाका कुराहरु तत्काल सम्पन्न होस् र फेरि अर्को चुनावको लागि नाराको विषय नबनोस् । ताकी अर्को चुनावमा अरुनै विकासका कुराहरुमा जोड दिन पाईयोस । वारम्वार एउटै कुराको आश्वसनमा नेपाली जनताले धेरै नेताहरु, धेरै सांसदहरु बनाईरहनुपर्ने अवस्था अव सदाको लागि अन्त्य गरिनुपर्छ । देशमा जटिल बन्दै गईरहेको रोजगारीको सृजना तत्काल समाधान गर्दै विदेशिएका सम्पूर्ण नेपाली युवाहरुलाई स्वदेश फर्किने वातावरण सृजना गर्नु । साथसाथै देश विकासको निमित्त विदेशी लगानाी भित्रिने भरपर्दो र विश्वासिलो आधार तय बनाउनु । भूकम्पपछिको पुननिर्माण तथा नवनिर्माण एवम् भूकम्पपिडित, वाढीपिडित तथा सुकुम्वासी नेपाली जनताको आधारभूत आवस्यकताहरु तत्काल पुरा गर्नु । आदि ईत्यादि कुराहरु यसपाली चुनिएकाहरुले तत्काल गर्नुपर्ने कामहरु हुन् ।

यसपाली पनि पुराना पार्टीहरु आफूलाई प्रमाणित गर्न चुक्यो भने यो नै देश विकासको लागि नेपाली जनताले दिएको अन्तिम अवसर हुनेछ र सदाको लागि राजनितिक भविष्य अन्त हुनुमा कसैले रोक्न नसकिने अवस्था आउन सक्छ । किनकी त्यसको विकल्पमा भ्रूणको रुपमा विवेकशिल साझा पार्टी तथा नयाँ शक्ति पार्टीहरु जन्मिसकेको अवस्था छ ।

नयाँ पार्टीहरुको सम्वन्धमा

लामो समयदेखि चलिरहेको संक्रमणकाल र अस्थिरताको कारण भरपर्दो विकल्प जनताले चहारिरहेको छन् यो कुरा विधिवत नै छ । नेपाली जनता यो देश समृद्धि र विकासको दुर्त गतिमा अगाडी वढोस यो चाहन्छ । देशमा गरिवि र वेरोजगारको समस्या तत्काल समाधान होस् त्यो चाहन्छ ।

यस अवसरमा विवेकशिल साझा पार्टीको नाममा सतहमा आएका पार्टीले जुन सुशासनको नारा दियो त्यसले शहरिया वर्गहरुलाई आकर्षित तुल्याईएकै हो तर पनि नेपालजस्तो विविध भूगोल संकृति तथा जातजातिहरु अवस्थित गरिवि तथा विकासोन्मुख देशमा कुनै एक ठाउँ, जात तथा वर्गविशेषलाई मात्र समेटिएर जाँदा पूर्ण विकल्पको रुपमा तयार नहुने म ठान्दछु । पार्टी स्थापना भएको छोटो समयावधिमै थोरै मतान्तरले मात्र पराजय हुनु सकारात्मक पक्ष भएपनि आखिर १ भोटले भएपनि पराजय व्यर्होनु भनेको पराजय नै हो । यसअर्थमा विवेकशिल साझा पार्टी केहि हदसम्म चुकेको देखिन्छ ।

त्यसैगरि ठूलो तामझामका साथ गठन भएको बावुराम भट्टराई नेतृत्त्वको नयाँ शक्ति पार्टी पनि स्थापनाकालदेखि अहिलेसम्म आईपुग्दा पार्टी प्रवेश गरेका धेरै आशलाग्दा व्यक्तित्त्वहरुले साथ छोडिसकेको अवस्था छ र मुस्किलले प्रतिनिधिसभातर्फवाट १ र प्रदेशसभामार्फत २ सिट जित निकाल्न सकेको अवस्था छ ।

नेपाली यूवाहरु परिवर्तन र विकासको राजनितिको लागि सदैव हाटेमालो गर्न तत्पर छ । त्यसको निमित्त नयाँशक्तिको नाममा छुट्टाछुट्टै डम्फू बजाउनुको साटो परिवर्तन चाहनेहरु आफ्नो अहमतालाई त्यागेर सहकार्य गर्दै यथासिघ्र पार्टी एकता गरि एकढिक्का हुदैँ अव वन्ने केन्द्रिय तथा प्रादेशिक सरकारहरुले गर्ने कामकारबाहिहरु राम्रोलाई समर्थन तथा नराम्रोलाई खरो प्रतिवाद गराउँदै अर्को चुनावसम्ममा आफूलाई दह्रो वैकल्पिक शक्तिको रुपमा उभ्याउनु अपरिहार्य देखिन्छ । राजनितिमा ५ वर्ष कुनै लामो समय मानिदैन् ।

अन्तमा सम्पूर्ण विजयी उम्मेदवारहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना ।।।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...