सांगीतिक यात्रामा चम्किदै बबिना
नेपाली सांगीतिक यात्रामा चम्किदै गरेकी नवगायिका हुन् बविना किराती । छोटो समयमै आफ्ना दर्शक श्रोताको मन जितेर गायिकाको रुपमा परिचय बनाउन सफल बबिनाले संगीतको महासागरमा पौडिन शुरु गरेको मात्र दुई बर्स हुदैछ यस बिचमा उनले दुई दर्जन जति गितलाई आफ्नो आवाजले जीवन दिसकेकी छिन भने नया गितहरुको रेकर्डिङमा ब्यस्त छिन ।
गायक कलाकार हरुको उर्बर भुमिको रुपमा परिचित खोटाङको बुइपामा जन्मिएकी बबिनाले शुरुवाती चरणमा पप रक गित र मात्र गाउदै आएकी भएपनी पछिल्लो समय मा आधुनिक र शास्तृय गितहरु गाएर आफुलाइ भर्सटाइल गायिकाको रुपमा आफुलाइ उभ्याएकी छिन । धेरै श्रोताले मन पराएको उनको आधुनिक गित “काडा हो कि फूल हो माया… ” हो जसमा मिलन किरातीको शब्द र बिक्रम राईको सङ्गीत रहेको छ । अन्य गित हरुमा ‘घाम पानी घाम पानी…शान्तिले मात्र पुग्दैन… छिया छिया .. मनकी भारी बिसाउला ..’ आदि चर्चित छन भने थुप्रै आइटम गितहरु रिलिज हुने अन्तिम तयारिमा छिन ।
नेपाली गित सङ्गीत प्रतिको सम्मान माया र काम प्रतिको अनुशासन लगनशिलताले नै आफु राजधानी बाहिर बाट आएर पनि काठ्मान्डौमा बस्दै उल्लेख्य रुपमा दर्शक श्रोता कमाउन सफल भएको बताउने बबिना किरातिले छिटै आफ्नो सोलो एल्बम रिलिज गर्ने जानकारि गराएकी छिन ।
बबिना सङ्ग सबै किसिमको गित गाउन सक्ने खुबि भएतापनी उनमा आइटम गित हरुमा अझ धेरै फिट हुने भोइस क्वालिटी रहेको अग्रज सङ्गितकार गायक हरुको भनाइ छ । उन्को भर्खरै नया भिडियो “मनको भारी बिसाउला..”रिलिज भएको छ जस्मा शब्द सङ्गीत र मेल भोकल भने रोशन बालुवाको रहेको छ । गौरब गिरिको निर्देशन मा बनेको भिडियोमा मोडेल राजकुमार र पुजाको अभिनय रहेको छ ।