नेपाली चलचित्र ‘म यस्तो गीत गाउछु’ छाङवनमा प्रदर्शन हुदै
प्रेम कथामा आधारित नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु’ कोरियाको छाङवन शहरमा प्रर्दशन गरिने भएको छ । छिरर्वन आवास गृह संचालनार्थ छिरर्वन नेपाली समाजले प्रदर्शनमा ल्याउन लागेको उक्त चलचित्र आगामि १७ तारिख आइतबार छाङवनको यङजी पार्क अगाडी रहेको हलमा प्रदर्शन गरिने भएको छ ।
आपद विपतमा परेका नेपालीहरुलाई बस्नको लागि संचालित उक्त आवास गृहलाई निरन्तर संचालन गर्नको लागि सहयोग पुगोस् भन्ने हेतुले चलचित्र प्रर्दशन गर्न लागिएको हो । दिनको १ बजे सुरु हुने उक्त चलचित्र हेर्नलाई १५ हजार कोरियन वनको टिकट विक्रि भइरहेको र हलमै पनि टिकट पाइने आयोजकले जनाएको छ । छिर्वन आवासगृह संचालनार्थ भएकोले नजिक वा पायक पर्ने सम्पूर्ण नेपालीहरुलाई हलसम्म आएर चलचित्र हेरिदिन समेत आयोजकले आग्रह गरेको छ । नेपाली समाजले यो भन्दा अगाडी पनि मासानमा नेपाली चलचित्र लुट २ प्रदर्शन गरेको थियो ।
नायक पल शाह र नायिका पूजा शर्मा सहित चलचित्रमा सरोज खनाल, रुपा राना, नविन मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी चलचित्रमा छ ।