थेगु नेपाली सेल्टरका संयोजक सुरेश खत्रीले अर्कैलाई सुम्पे जिम्मेवारी
दक्षिण कोरिया थेगु शहर स्थित ‘थेगु नेपाली सेल्टर’का संयोजक सुरेश खत्रीले सेल्टर व्यवस्थापन र सेल्टरसँग सम्वन्धित सम्पूर्ण जिम्मेवारी सेल्टरसँग आवद्ध प्रकाश बराल र प्रमोद गौतमलाई सुम्पिएका छन् । आफ्नो ४ वर्ष १० महिनाको वैधानिक कार्यअवधि पुरा गरी यहि डिसेम्बर १५ तारिखमा स्वदेश फर्कर्दै गरेका खत्रीले सेल्टरको सम्पूर्ण जिम्मेवारी सुम्पिएको सबैलाई अवगत गराएका छन् ।
थेगु सेल्टर निकै पहिलाबाटै सञ्चालनमा आए पनि तत्कालिन संयोजक सुरेश खत्रीको जिम्मामा भने 2015 बाट आएको थियो। उनको जिम्मेवारिमा सेल्टर आए लगतै धेरै ब्यवस्थित भएको कुरा उक्त सेल्टरमा आश्रय लिने नेपालीहरु बताछन् । हालसम्म सेल्टरबाट सहयोग लिने नेपालीहरुको संख्या सात सय नाघी सकेको जानकारी संयोजकले दिएका छन् । यो सेल्टरको मासिक ब्यय ८,५०,०००(आठ लाख पचास हजार)वन देखि ९,००,०००(नौ लाख वन) सम्म रहने गरेको छ।
यस सेल्टरमा आउने नेपालीहरुले स्वेच्छिक सहयोग गर्न सक्ने बताउदै अशक्त र अफ्ठ्यारोमा परेकाहरुको लागि निसुल्क सहयोगको समेत ब्यवस्था गरिएको खत्रीले बताए । उनका अनुसार यहाँ आउने नेपालीहरुले आश्रय लिन इन्ट्री फि स्वरुप ४० हजार वन तिर्छन भने खानको लागि सेल्टरमा बस्दै आउनुहुने साथिभाईहरु मिलेर आफैले खाने व्यवस्था छ। तिनवटा फराकिलो बेड रुम, एउटा किचन,,सिटिङ रुम भएकोले आउनेहरु प्रत्येकले सेल्टरको निकै तारिफ गर्ने त्यहाँ आउने जाने नेपालीहरु बताउछन।
contact person
Prakash Baral – 010 97155955
Pramod gautam – 010 29488850