दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सम्पन्न।अध्यक्षमा सरोज केसी
दोलखालि समाज दक्षिण कोरियाको दोश्रो अधिबेशन सौलमा सम्पन्न भएको छ। आइतबार नेपाल हाउसमा सम्पन्न भएकाे अबिधेशनले सरोज केसीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमितिको चयन गरेकोछ।
समाजका निबर्तमान अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा एन आर एन ए एसिया प्यासीफिक उप संयोजक बिनोद कुवरको प्रमुख अतिथि रहेका थिए। बिशेष अतिथिका रुपमा नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसी, नेपाल आदिवासी जनजाति महासंघ का अध्यक्ष पवन चाम्लीङ राई, एन आर एन ए कोरियाका बरिष्ठ उपाध्यक्ष बिपिन गुरुङ्ग, वुमन फर वुमनका निबर्तमान अध्यक्ष मल्लीका थकाली,दोलखाली समाजका संरक्षक लालकाजी बस्नेत रहेका थिए।
आमन्त्रीत सम्पुर्ण महानुभावहरुलाई ब उपाध्यक्ष अमृत दाहालले मन्तब्यले स्वागत गरेका थिए भने महासचिब अंकित कार्कीले कार्यक्रम संचालन गरेका थिए।
प्रमुख अतिथिको शुभकामना मन्तब्य राख्दै कुवरले भने दोलखाली समाज स्थापना भएको छोटै समयमा धेरै राम्रो प्रभाव पार्न सफल भएकोछ। आगामी दिनमा अझ राम्रो सामाजिक कार्यहरु गर्दै जानेछ। त्यसको लागि आफ्नाे तर्फबाट सक्दो सहयोग रहनेछ। कुंवरले भने।
दोलखाली समाजलाई बिशेष योगदान गर्ने दुइ जना ब्यत्तित्व सरोज केसी र सफल बस्नेतलाई बिशेष सम्मान पनि गरिएको थियो।
अधिबेसनले चयन गरेका नयां कार्यसमिति यस प्रकार रहेका छन्।
अध्यक्ष – सरोज के सि
वरिष्ठ उपाध्यक्ष – अमृत दाहाल
उपाध्यक्ष – इस्वोरी खड्का ,ज्ञानु चौहान, अन्कित कार्की
महासचिव – डिल्ली प्रसाद न्यौपाने ,
सचिब – दिलिप दाहाल ,
सह सचिब – राज कुमार दाहाल
कोषाध्यक्ष – सुमन न्यौपाने ,
सह कोषाध्यक्ष – सबिन थपलिया
सदस्यहरु राजेन्द्र पाख्रीन,जयराम कार्की ,सुमन तामाङ ,सन्जिब कार्की ,दिपेन्द्र कार्की ,दिपेन्द्र खड्का, निमा यान्जी शेर्पा
नयां अध्यक्ष सराेज केसी।