डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा भरत सुवेदी
डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएकाेछ।अधिबेशनले सर्ब सम्मत रूपमा भरत सुवेदीलाइ अध्यक्षमा चयन गरेकाेछ। अाइतबार सम्पन्न भएको डेउ नेपाली एकता समाजको दोस्रो अधिवेशनले भरत सुवेदीकाे नेतृत्वमा नया कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नवनिर्वाचित अध्यक्ष सुवेदी निवर्तमान कार्यसमितिका उपाध्यक्ष हुन। यसैगरी उपाध्यक्षमा ,कमल मिश्र ,देब कुमार तिमिल्सिना ,प्रेम विश्वकर्मा ,ज्ञानेन्द्र चन्द ,सचीवमा दिपक पौडेल ,सह सचिवमा नारायण थापा, त्यस्तै कोषाध्यक्षमा महेश सिंह बुढाथोकी साथै अन्य सदस्यहरू सर्वसम्मत चयन भएका छन ।
नव निर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे। उक्त अधिवेशनमा निवर्तमान अध्यक्ष अंशुबर्मा लिम्बूले बार्षीक प्रतिवेदन प्रस्तुत गर्दै समाजले छोटो अवधिमै उल्लेख्य प्रगति गरेको बताए। नवनिर्वाचित कार्यसमिति प्रती पुर्ण साथ समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।विगतमा पनि समाजले विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न सामाजिक परोपकारका कार्यहरु गरेको बताए ।
अधिवेशन सम्बोधनको क्रममा बोल्दै निवर्तमान अध्यक्ष लिम्बूले डेउ नेपाली एकता समाजले नेपालका विभिन्न सामाजिक कार्यहरुमा हातेमालो गर्दै आइरहेको बताए। संस्था स्थापना पछि ,राष्ट्रिय आविस्कार केन्द्रलाइ आर्थिक सहयोग गरेकाे, मुसहर वस्ती निर्माणमा आर्थिक सहयोग गरेकाे,गत मे मा कोरियामा ज्यान गुमाएका स्वर्गीय उमेश चन्द्र पौडेलकि नाबालिक छोरीलाई ११ लाख बराबरको सहयोग गरेकाे बताए। ,सप्तरीका बाडी पीडितहरुलाई राहत स्वरूप जस्तापाता हस्तान्तरण गर्नुका साथै कोरियाको गजेदो स्थित विभिन्न खेलकुदको आयोजना ,सांगीतिक कार्यक्रम ,साहित्यीक ,एवं मजदुर मैत्री कार्यक्रहरु आयोजना गर्दै आइरहेकोले डेउ नेपाली एकता समाज कोरियाको एक लोकप्रिय संस्थाको रूपमा स्थापित भएको लिम्बुले बताए ।