एनसीसी काेरियाद्वारा अायाेजित फ्रि मेडिकल क्याम्प भब्यरूपमा सम्पन्न।अध्यक्षद्वारा धन्यबाद ज्ञापन।
नेपाली सम्पर्क समिति कोरियाले १७ औ अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा अायाेजना गरेकाे फ्रि मेडिकल क्याम्प भब्य रूपमा सम्पन्न भएकाेछ। गत अाइतबार डिसेम्बर १७ तारिख साेलकाे जाेङगाक स्थित दुर्गा रेष्टुरेण्टकाे सभाहलमा अायाेजना गरेकाे उक्त क्याम्पमा करिब १५० जना मानिसले अाफ्नाे स्वास्थयकाे बारेमा चेकअप गराएका थिए।
हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ । कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले उक्त अाप्रबासी दिवसकाे अबसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रण गरि फ्रि मेडिकल क्याम्पकाे अायाेजना गरिएकाे हाे।
उक्त क्याम्पकाे लागि स्थान उपलब्ध गराई विशेष सहयोग गर्नुहुने दुर्गा रेस्टुरेन्ट, व्यवस्थापनको लागि ग्लोबल फ्रेन्डसिप क्यापिटल र सपोर्ट नेपाल फाउन्डेशनका साथै स्वास्थय सेवा प्रदान गर्नु हुने २६ सदस्य काेरियन डाक्टर टोलीलाई नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसिले बिशेष धन्यबाद प्रदान गरेका छन्। साथै सेवा लिनु हुने सयाै नेपाली दाजुभाइ दिदिबहिनीहरू र मेडिकल क्याम्पमा सफल बनाउन उपस्थित हुने सम्पूर्ण संघ संस्थाहरु ,व्यापारी ,बुद्धिजीवी, विद्यार्थी, पत्रकार लगायतलाई अध्यक्ष केसीले हार्दिक धन्यवाद प्रदान गरेका छन्।