पुर्वान्चल सरोकार समाज कोरियाले स्थानीय कलाकारहरुको साथमा अंग्रेजी नयाँ बर्ष भव्यताका साथ मनाउने


सन् २०१७ को विदाई सँगै नयाँ बर्ष सन् २०१८ को भब्य रूपमा स्वागत गर्न पुर्वान्चल सरोकार समाज कोरियाले यहि डिसेम्वर महिनाको ३१ तारिख आईतवार सुवन स्थित फेमिली एण्ड ओमन्स हलमा “ शुभकामना आदान- प्रदान तथा भेटघाट “ कार्यक्रमको आयोजना गर्ने भएको छ। शुभकामना तथा भेटघाट कार्यक्रमलाई सबैको लागि सहज र भब्य बनाउन लगातार ३ तिन सार्वजनिक विदाको बिचको दिन अर्थात डिसेम्वर ३१ तारिख आईतवार आयोजना गरिएको आयोजकले बताएका छन ।

कार्यक्रममा नेपाली खानाका विभिन्न स्वादिष्ट परिकारहरूको साथै स्थानिय नेपाली कलाकारहरूको वेजोड सांगितिक प्रस्तुतिका रहने छ साथै नेपाली कला र संस्कृतिक झल्काउने उद्देश्यले पुर्वाञ्चल क्षेत्रमा उल्लेखनीय बाहुल्यता रहेको किराँत समुदायको च्याब्रुङ नाच एवं साकेला नाच सहितको सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिने बताएको छ।

कोरिया स्थित रहेका सम्पूर्ण सकृय संघ संस्थाहरू र यहाँ आएर विभिन्न पेशा र व्यवसायमा आबद्ध रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिवहिनिहरूलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि पुर्वान्चल सरोकार समाज कोरियाले हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम बारे जानकारी
मिति -२०१७ डिसेम्वर महिनाको ३१ तारिख आईतबार
समय – मध्यान्ह १२ बजे देखि साँझ ६ बजे सम्म
स्थान -수원시 가족 여성회관 ( suwon family & women’s hall )
जाने तरिका – सुवन स्टेशन ९ नं. गेट बाट सिधै अगाडी
11:49PM

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...