मिर्याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा हुने
मिर्याङ नेपाली समाजको तेस्रो बार्षिक साधारण सभा यहि डिसेम्बर ३१ तारीक नयाँ बर्षको दिन मिर्याङसीमा हुने भएको छ। स्थापना संगै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको समाजले नेपालीहरुमाझ आत्मिएता बढाउन छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोगहरु गर्दै आईरहेको तथा आगामी दिनमा पनि सामाजिक दायित्व प्रती उत्तरदायी रहने सस्थाका अध्यक्ष निरज पाण्डेले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।
नयाँ बर्षको शुभकामना आदानप्रदान तथा विभिन्न साँस्कृतिक कार्यक्रमका बिच हुन लागेको साधारण सभाबाट नयाँ कार्यसमिती आउने भएकाले मिर्याङ र त्यस वरपर रहेका सम्पुर्ण नेपाली समुदायलाई तोकिएको स्थानमा उपस्तिथित भई अधिबेसन सफल पारीदिनु हुन आयोजक मिर्यान्ङ नेपाली समाजका
इस्सोर भन्तनाले अपिल गर्नु भएको छ।
सोही दिन नेपालमा प्रभुबाट सरल रेमिटेन्स पठाउन सकिने गरि खाता खोल्ने कार्यक्रम समेत रहेकोले सेवा लिन ईच्छाहुने माहानुभाव हरुले आफ्नो पासपोर्ट र आईडी कार्ड साथमा लिएर आउन पनि आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान:- मिर्याङ सिछङ १८-३ खोथोङ
밀양시 밀양시청 동길18-3,고통
समय:-दिउँसो १२ बजे
म्मिती:-२०१७/१२/३१
डिसेम्बर ३१ तारीक