कथा कोरीयाको नामक चलचित्र प्रदर्शनको अन्तिम तयारीमा
आदर्श केसी
दक्षिण कोरीयामा रहेका नेपालीहरुको दैनिकीलाइ समाबेश गेरर तयार पारिएको नेपाली कथानक चलचित्र ‘कथा कोरीयाको’ प्रदर्शनमा आउने अन्तिम तयारी रहेको छ । राज ओलीको ब्यानरमा निर्मित फिल्म भाषा परिक्षा पास गरेर दक्षिण कोरीयामा पुगेका नेपालीहरुको दैनिक जीवन शैली तथा उनीहरुको वास्तविक गतिबिधी झल्कने कथाबस्तुहरु फिल्ममा समाबेश गरिएको छ ।
कमल ओलीद्धारा निर्देशित फिल्मलाइ कोरीयाका विभिन्न प्रख्यात ठाउमा पुगेर छायङ्कन गरिएको छ । कोरीयाको ब्यस्त समयलाई सदुपयोग गरी मेहनतका साथ तयार पारीएको उक्त चलचित्र चाडै प्रदर्शनमा आउने निर्देशक ओलीले जानकारी दिनु भयो । ‘चलचित्रको सबै तयारी करिव करिव पुरा भएको छ निकट भविष्यमा हामी प्रदर्शनमा ल्याउदैछौ’, ओलीले भन्नुभयो ।
अर्को रमाइलो कुरा त के छ भने विगतमा नेपालबाट फिल्म खरिद गरेर कोरीयामा प्रदर्शन गरिन्थ्यो भने यो फिल्ममा भने उक्त प्रचलनलाई चिर्दै रोजगारीको शिलशिलामा नेपालबाट कोरीया पुगेका नेपाली कलाकार पात्रहरु नै समेटिएर फिल्म निर्माण भएको छ । कोरीयाका विभिन्न सामाजिक सघ सस्थामा आवद्ध भएर समाजसेवा गदै आउनु भएका तथा राप्ती समाज दक्षिण कोरीयाका अध्यक्ष वीर कुमार ओली र कोषाध्यक्ष दिल मोहन पुनले फिल्मको उत्पादन गनु भएको हो ।
फिल्मको कोरीयोग्राफी दिल मोहन पुन र जागृत केसी गर्नु भएको छ ।विपिन मल्लले सम्पादन गरेको उक्त फिल्मको म्युजिक सि.एल शमा,छविलाल भण्डारी, छायङकन रमेशजंग थापाले गर्नु भएको हो । विपिनले यस अगाडी रिलिज भएका विभिन्न चर्चित नेपाली फिल्महरु तथा छक्का पञ्जाको समेत सम्पादन गरिसकेको अनुभव छ ।
फिल्ममा रामचन्द्र मगर,सन्जु न्यौपाने,शुसिल गौतम,जोती नेपाली,सुर्य केसी, वीर कुमार ओली,सन्तोष जिसी,सविना केसी,अञ्जु केसी,इपिएस छिंगु(अरुण) निर्मल घर्ती,ऐजेल, जगन्ननाथ ओली,मल्लिका थकाली,दिल मोहन पुन,अमर छन्त्याल, पवित्रा छन्त्याल लगाएका कलाकारहरुले फिल्म विभिन्न अभिनयहरु गरेका छन ।
फिल्म निर्माणको सबै युनिट हाल कोरीयामै कार्यरत रहेको छ । भाषा र दृश्य सम्पादनको काम अन्तिम चरणमा पुगेकाले फिल्म चाडै रिलिज हुने दिल मोहन पुनले जानकारी दिनु भयो । उक्त फिल्म कोरीयामा समेत विषेश कार्यक्रमको आयोजना गरेर प्रदर्शन गरिने पनि पुनले बताउनु भयो ।