काेरियामा कार्यरत बाग्लुङे युवाहरूले जैमुनी नपा १० काे एक बिध्यालयमा ५ लाख हस्तान्तरण गरे।

बागलुङ जिल्ला जैमुनी नगरपालिका १० अन्तर्गत बिकट क्षेत्र मानिने श्री जनता उ,मा,बि राङखानी पाहीमा संचालित बिज्ञान संकायको लागी काेरियामा कार्यरत बाग्लुङ जैमुनी नगरपालिका १० का भुपु बिद्यार्थी युवाहरुको सकृयता र बागलुङ बासीहरुको सहयोगमा अक्षय कोष स्थापनार्थ ५ लाख नेपाली रुपैया एक कार्यक्रमका बीच प्रदान गरिएको छ । उक्त रकमबाट प्राप्त हुने ब्याजबाट आवाश्यक पर्ने शैक्षिक समाधानको लागी प्रयोग गरीने छ। जस्को माध्यमबाट गरीब जेहेन्दार बिद्यार्थीहरु लाभान्वित हुनेछन । यो अभियान १० लाख नेपाली रुपैया नपुग्दा सम्म निरन्तर चलिरहने यस अभियानको संयोजक धन बा थापाले बताए। साथै यस अभियानका अभियान्ताहरुले सम्पुर्ण कोरियाबासी मजदुर संघ संस्था ब्यबसायी बिद्यार्थी बुद्दिजीवी समाजसेवी हरुलाई शैक्षिक सहयोगको लागी पनी हार्दिक अपिल गरेकाेछ।
सहयोग गर्नुहुने सहयाेगी मनहरू १.जिवलाल शर्मा रु ५०००० (पाही) २.घन व.थापा रु ५०००० ,, ३.किसन पौडेल रु ५०००० ,, ४. बिर व.गाहा मगर रु ५०००० ५.जाम व.थापा रु ५०००० ६.रमेश थापा रु ५०००० ७.खगेन्द्र थापा रु५०००० ८. महेन्द्र थापा रु ५००००(माझगॉउ) नगेन्द्र) ९.चुडामडी शर्मा रु३०००० १०.टुकनाथ शर्मा रु२५००० ११.पुर्ण व. पुन रु१००००(किटेनी) १२.तारा पुन रु १०००० ,, १३.कुमार श्रीस रु १४१५० ,, १४. महेन्द्र श्रीस रु १४१५०(श्रीसगॉउ) १५.विदुर शर्मा रु १००००(जैदी) १६.तुलमान पुन रु १००००(धुस) १७.गगनघ्वज राना रु १४१५० (माझगॉउ) १८.डिल्ली शर्मा रु १८८६४ (बस्नाते) १९. जित ब. वि.क रु १५०००(श्रीजनाटोल)