मुक्तक
श्री थापा
सधै सुनिरहुँ लाग्छन तिम्रा बातहरु
छोटा छोटा लाग्छन् मधुमासका रातहरु ।
एक अर्काको पुरक भई बाँच्नु पर्छ प्रिय
कहिल्यै नआओस मन दुखाउने घातहरु ।
यो देह जलाई खरानी हुन मन पर्यो
आत्मा बनी त्यो देह छुन मन पर्यो
मुटु जलेको कस्ले पो बुज्छ र हजुर
तिमी हास्दा यता म रुन मन पर्यो ।
( हाल दक्षिण कोरिया )