कोरियामा एक नेपाली आगलागीमा परी गम्भीर घाइते
कोरियामा हाल आगलागीको घट्ना बढ्दो छ । यसैक्रममा चुङनाम आसानको दोङही नामक कम्पनीको अपार्टमेन्टमा सोमबार आगलागी हुदाँ एक नेपाली युवा गम्भीर घाइते भएका छन् । उनी हुन् इलामका ३० वर्षिय किशोर राई । तीन वर्ष अघि इपिएस मार्फत कोरिया आएका राइको हाल छनान स्थित सुनछन ह्यन अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर अवस्थामा उपचार गराई रहेका राई हिडढुल गर्न नसक्ने अवस्थमा रहेको अस्पताल पुगेकी एनसीसी कोरियाका अध्यक्ष अन्जु केसीले जनाइन । उनका अनुसार राईको शनिबार ढाडको शल्यक्रिया गरिएको छ । दाहिने खुट्टाको घुडा मुनी र कुरकुचामा र देब्रेखुट्टाको गोलिगाठा निर भाचिएको अस्पताल पुगेका एनसीसीका अध्यक्ष अन्जु केसीले जानकारी दिइन् ।
करीब ४० जना नेपाली कार्यरत मोटरपार्टस बनाउने सो कम्पनीको नेपाली कामदारहरू बस्ने अपार्टमेन्टमा सोमबार रातको साढ़े १ बजे तिर आगलागी भएको थियो । एउटा कोठामा बालेको हिटरबाट आगों सल्केको थियो ।
मध्यरातमा मस्त निद्रामा रहेका बेला तेस्रो तल्लाको पहिलो कोठाबाट शुरू भएको आगलागीले भीषण रूप लिएपछी अरुले थाहा पाएका थिए । सोही क्रममा झ्यालबाट छतमा चढ्न कोशिस गर्दा राई तीन तला बाट भुइँमा खसेका थिए । आगलागी भएको कोठाको वरीपरीका कोठाका सामान पनि जलेर नष्ट भएका थिए । तीन वटा दमकलको सहारामा आगलागी नियन्त्रणमा लिएका थिए ।