महासंघबाट तमु ल्होसार कार्यक्रम सफलताको शुभकामना
“शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जाति हराउँछ ”भन्ने नाराका साथ तमु धिं दक्षिण कोरियाले परदेशमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृतिलाई निरन्तरता दिन र बचाई राख्न भोलि आइतबार सउलमा आयोजना गरिन लागेको तमु ल्होसाररल्होछार कार्यक्रम भब्य सफलताको आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले हार्दिक शुभकामना ब्यक्त गरेको छ ।
नेपाल आफैमा बहुजातीय बहुसाँस्कृतिक विविधताले भरिपूर्ण देश भिन्न(भिन्न परम्परा रितिरिवा ले सु सज्जित छ। त्यही संस्कृतिहरु मध्यको एउटा पर्व तमु ल्होसार जुन गुरुङ समुदायमा नयाँ वर्षको रुपमा मनाईन्छ। पुष १५ को अवसर पारेर आउने यो नयाँ वर्षले गुरुङ जाती भित्र यो वर्ष चरा वर्गलाई विदाई गर्दै कुकुर वर्गलाई स्वागत गरि मनाउदै छन्।
नेपालमा सोही समयमा मनाइएपनी विदेशमा भने सबैको अनुकुल हुने गरि बिदाको दिन मिलाएर मनाइन्छ । त्यसै अनुरुप प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु ९गुरुङ० जातिहरु एकत्रित हुदै आफ्नो मौलिक पहिचान, भेषभूषा(भाषा, संस्कार(सँस्कृति तथा परम्परालाई झल्काउने गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।
आफ्नो पहिचान आफू संगै जहाँ गएपनी जाने रहने भएकोले यस्तो कार्यक्रमले तमुहरुको पहिचानको उत्थान गर्नमा अझ टेवा पुग्ने भएकोले कार्यक्रमको आयोजना गरिनुले सबैलाई परदेशी भुमिमा नेपाली संस्कार संस्कृति संगै रमाउने, रम्ने,दुख विसाउने राम्रो अवसर भएकोले सबैजना उपस्थित भएर कार्यक्रम भव्य सफल पारिदिनु हुन पनि महासंघ हार्दिक अनुरोध गर्दछौ।
सबैमा तमु ल्होसारको हार्दिक शुभकामना। ख्हि ल्होसारबै आशिमलाँ
स्थानः सउल योर्इदो स्थित ९साम्सद भवन पछाडी० क्भयगःिबचष्लब 서울마리나 ऋीग्द्य ७ थ्ब्ऋज्त् मितिः २०१७ जनवरी ७
समयः विहान ११ बजे
जाने तरिकाः लार्इन नं। २ दाङसान स्टेशन गेट नं। ४
१ नं। लाईनको सिटिहल र सिन्दोरिम स्टेशन बाट २ नं। लाईनमा परिवर्तन गर्ने
अध्यक्ष
पवन चाम्लिङ्ग राई
एवंम
नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरिया परिवार