गजल : किनकिन आज मलाई मर्न मन लाग्यो,
गजल
किनकिन आज मलाई मर्न मन लाग्यो
धर्ती बाट अन्तै बसाई सर्न मन लाग्यो।
सुवास बिहिन फुल भै बगैचामा फुल्नु भन्दा
त्यसै त्यसै ओइलिएर झर्न मन लाग्यो।
सान्सारिक माया मोह बाचा बन्धन छोडि
परलोकको क्षितिज पारी तर्न मन लाग्यो।
बाच्ने अाशा रहरहरु छैन अब कतै पनि
मृत्यु सग नै सम्झौता गर्न मन लाग्यो।
कसलाई दोष दिने लेखा जोखा छैन
आफ्नो प्राण आफैले हार्न मन लाग्यो।
तर जिन्दगी हो गुमेपछी फिर्ता पाउन सकिन्न
फेरि पनि जिउने संकल्प गर्न मन लाग्यो।
शम्भुप्रसाद पुडासैनी
बेल्कोटगडी ८ नुवाकोट हाल द.कोरिया