नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने


नेपाली संघीय समाज दक्षिण कोरियाले सलनालमा बृहत अन्तर्कृया कार्यक्रम आयोजना गर्ने भएको छ । कोरियाको राजधानी सौल स्थित दोङदेमुनमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सङ्घीय समाजवादी फोरमको प्रवाश संगठन दक्षिण कोरियाले आगामी कोरियनहरूको नया वर्ष (सलनाल) मा कोरियामा कृयाशील बिभिन्न राजनैतीक दलका भाद्रि संगठन र संघ संस्थाहरुलाई निमन्त्रणा गरी हाल नेपालमा सम्पन्न निर्वाचन पश्चात अब संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाई कसरी समृद्धी बनाउने र प्रवाशमा रहेको नेपाली युवाहरुले के कस्ता भूमिका खेल्न सकिन्छ भन्ने विषयमा केंद्रित रहेर आगामी फरवरी 16 तारिक बृहत अन्तर्कृया कार्यक्रम आयोजन गर्न लागिरहेको सञ्चार बिभाग प्रमुख सेर साङबो शेर्पाले जानकारी दिनू भयो ।

उक्त बृहत अन्तर्कृया कार्यक्रममा प्रमुख अथितिको रुपमा नेपालबाट सङ्घीय समाजवादी फोरमका केन्द्रीय सचिब अजम्बर काङ्ममाङ राई कोरिया आउने भएका छन् । नेफेसो कोरियाले बैठकमा अन्य विविध विषयमा निर्णय गरेको छ । नेफेसो अन्तर्गतको शेर्पा प्रदेश प्रबास समिति इन्चार्जमा नेफेसो कोरियाका केन्द्रीय सदस्य थुतुङ गेल्जी शेर्पालाई चयन गरिएको छ भने शुस्मा राईलाई केर्द्रीय कार्य समिती सदश्यमा मनोनित गरेको छ ।

नेपालमा गत मङ्सिर 10 र 21 गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिहरुलाई नेपाली संघीय समाज दक्षिण कोरियाको तर्फ बाट बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरिएको छ । साथै बिगतमा तराई मदेशमा तराईका जनताद्वारा आफ्नो हक अधिकार र पहिचानको खातिर गरेको शान्तिपूर्ण जन आन्दोलनका क्रममा सरकार पक्षबाट भएको निर्मम ,बर्बरता पुर्ण दमन र हत्या सम्बन्धमा सत्य तथ्य र निस्पक्ष रूपमा छानबिन गर्दै घटनाको प्रतिबेदन सार्बजनिक गर्न जोडदार माग गर्दै घाइते ,अपांग साथै पीडित परिवार लाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोसि उपर कडा कारबाही अगाडी बढाउन राज्य सरकार समक्ष जोडदार माग गर्ने निर्णय गरिएको अध्यक्ष महेंद्र राईले जानकारी दिनुभयो ।

नेफेसो कोरिया कार्यसमितिका उपाध्यक्ष राम कुमार यादवको ममतामयी आमाको केहि दिन अगाडि असामयिक निधन भएको हुनाले मृत आत्मा प्रती सिङ्गो संगठन नेफेसो कोरियाको तर्फबाट समबेदना प्रकट गर्ने निर्णय गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...